Dabali News

अाज कालिकोटमा नेकपाको जनसभा, प्रवक्ता प्रकाण्डले सम्बोधन गर्ने

१९ मंसिर

कालिकोट । नेपाल कम्युनिस्ट पार्टीले आज जिल्लामा जनसभा गर्न लागेको छ । सदरमुकाम मान्ममा आयोजना गरिएको जनसभामा सहभागी हुन गाउँगाउँबाट नेता, कार्यकर्ताको साथै सर्वसधारण विहानैबाट आउन सुरु भएको छ ।

रिहा भएपछि पहिलो पटक गृहजिल्ला पुगेका प्रवक्ता प्रकाण्डले सभालाई सम्बोधन गर्ने भएका छन् । उनी मंगलबार नै मान्म पुगिसकेका छन् । जसभालाई प्रकाण्डसँगै ब्यूरो र जिल्ला नेताहरुले सभालाई सम्बोधन गर्ने नेकपा कालिकोटले जनाएको छ । हिजै जनसभाको सबै तयारी पूरा भइसकेको नेकपाले जानकारी दिएको थियो ।

जनसभालाई सम्बोधन गर्न कालिकोट पुगेका प्रवक्ता प्रकाण्डले मंगलबार गाउँमा आएको सिंहदरबारको नालिबेली सार्वजनिक गर्ने चेतावनी दिए । उनले बलात्कारी र भ्रष्टाचारीलाई कुनै पनि हालतमा नछोड्ने समेत बताए ।

मान्ममा पत्रकारसँग कुरा गर्दै उनले भने, “अब त अति भो, गाउँमा आएको सिंह दरबारको नालीवेली बाहिर ल्याउछौं ।” उनले कन्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तका बलात्कारी र हत्यारालाई केही दिनमै आफूहरुले बाहिर ल्याएर कारबाही गर्ने समेत बताए ।

निर्मलाको घटनामा संलग्न अपराधीलाई सरकारले चार महिनासम्म संरक्षण गरेको उनले आरोप लगाए । उनले निर्मलाका बलात्कारी र हत्यारालाई सरकारले अब पनि कारबाही गर्न नसक्ने बताउँदै केही समय अगाडि चर्चामा आएको सुन काण्डजस्तै निर्मलाको घटना पनि त्यसैगरी मिलाउने प्रयास भइरहेको आरोप लगाए । निर्मलाको परिवारलाई न्याय दिनका लागि आफूहरुले पहल सुरु गरिसकेको उनको दाबी छ ।

यसैबीच नेकपाको जनसभालाई मध्यनजर गर्दै जिल्लामा व्यापक सुरक्षाकर्मी परिचालन गरिएको छ ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]