Dabali News

विद्युत कटौतीले उपभोक्ता मारमा, धेरै विद्युत चोरीः प्रविधिक

१९ माघ

सर्लाही । अनियमित रुपमा विद्युत कटौती हुँदा उपभोक्ता मारमा परेका छन् ।

नेपाल विद्युत प्राधीकरणले बिना जानकारी जथाभावी लाइन काटेको गुनासो कालिन्जोर-७ का स्थानियहरुको छ ।

साँझ र बिहानपख लोडसेडिङ हुँदा घरेलु उपभोक्ता बढी समस्यामा परेका हुन् । प्राधीकरणको लालबन्दी, बरहथवा र मलंगवा तीनवटै वितरण केन्द्रमा समस्या देखिएको बताइएको छ ।

प्राधीकरणले भने बिग्रिएको समयमा मर्मतसंभार गर्नुपर्दा बाहेक अरुबेला विद्युत कटौती नहुने दावी गरेको छ ।

प्रमुख इन्जिनियर विजय महतो भने मर्मतसम्भार गर्दा वा विहान बेलुका एक ठाउँबाट अर्को ठाउँमा विद्युत लाइन जोड्नुपर्दा केहीबेर लोडसेडिङ हुने गरेको बताए ।

विद्युत चोरी धेरै भएकोले कुनै बेला विद्युत भार थेग्न नसकेर आफै लाइन काटिएको हुनसक्ने प्राविधिकहरु बताउँछन् ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]