Dabali News

कमलपोखरीको ढाँचा तयार, अर्काे छठसम्म निर्माण सम्पन्न हुने

१८ मंसिर

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले पूर्वाधार विकास र निर्माणमा ध्यान दिने बताएका छन् ।

कमल पोखरी निर्माणका लागि सहरी योजना आयोगले तयार पारेको प्रस्तावित ढाँचामाथि आयोजित छलफलमा बोल्दै उनले २३ रोपनी १४ आना क्षेत्रफलमा फैलिएको कमल पोखरीको स्वरुप फेरिने बताएका छन् ।

सहरी योजना आयोगमै सरोकारवालासँग छलफल गर्दै उनले काठमाडौंको मुटुमा अवस्थित उक्त पोखरी मात्र नभई महानगर भित्र रहेका अन्य पोखरी र पार्कलाई पनि व्यवस्थित र हरियालीयुक्त बनाउने बताएका छन् ।

संघीय सांसद गगन थापा, प्रदेश सांसद नरोत्तम वैद्य लगायतसँगको छलफलमा उनले महानगरपालिका सहरी सौन्दर्य बढाउने अभियानमा जुटेको जानकारी दिए । कमलपोखरीको अस्तित्व जोगाउँदै निर्माण गर्ने स्पष्ट पारे ।

उनले योजना पास भएर काम थालेको एक वर्ष भित्रमा पोखरी निर्माणको सम्पूर्ण काम सम्पन्न हुने भन्दै सबैलाई विकासमा हालेमालो गरेर अघि बढ्न आग्रह गरे । सबैको साथ र सहमतिका साथ काम अघि बढ्ने हो भने ०७६ सालको छठसम्ममा कमल पोखरी निर्माणको काम सम्पन्न हुने उनको दाबी छ ।

छठको बेलामा व्रतालुहरुलाई बस्न र छठ मनाउनका लागिसमेत सहज हुने गरी पोखरी निर्माणको ढाँचा तयार पारिएको उनको भनाई छ ।

उनले भने,‘हामी कमल पोखरीलाई छठ पोखरी वा रानीपोखरीको दाई-भाई पोखरी बनाउन खोजिरहेका छैनौं । हामी कमल पोखरीलाई कमल पोखरी नै बनाउन चाहन्छौं ।’ उनले अब बन्ने कमल पोखरी वरीपरी चिल्ड्रेन पार्क, ढुंगेधारा, अपाङ्गमैत्री शौचालय, जिम हल, उधान र सार्वजनिक स्थल रहने पनि जानकारी दिए ।

बृद्धबृद्धालाई ध्यानमा राखेर निर्माणको ढाँचा तयार गरिएको सो पोखरीमा रात्रिकालिन वत्तीकोसमेत व्यवस्था गरिएको सहरी योजना आयोगका सदस्य सचिव सरोज बस्नेतले जानकारी दिए । सो पोखरी निर्माण सम्पन्न भएपछि पोखरी वरीपरी फ्रि वाइफाईको व्यवस्था गर्ने महानगरको तयारी रहेको छ ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]