Dabali News

मन्त्री विष्टको भनाई-‘सूचना प्रविधिसम्बन्धी प्रतिवेदन कार्यान्वयन हुन्छ’

१८ मंसिर

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले सूचना प्रविधि तथा बिजनेस प्रोसेस आउटसोर्सिङ (आइटी-बिपिओ) प्रतिवेदनले दिएका सुझाव कार्यान्वयन गर्न सरकारले काम गरिरहेको बताएका छन् ।

झन्डै ३ महिनाअघि मन्त्रालयका सहसचिव प्रकाश दाहालको कार्यदलले सूचना प्रविधि क्षेत्रको विकास र रोजगारीका लागि विभिन्न सुझावसहितको कार्यपत्र मन्त्रालयमा पेस गरेको थियो ।सोमबार राजधानीको एक कार्यक्रममा बोल्दै उनले उक्त प्रतिवेदनले दिएका सुझाव कार्यान्वयन गर्न मन्त्रालयबाट काम भइरहेको बताए ।

कार्यदलले ५ वर्षभित्र सूचना प्रविधि तथा बिजनेस प्रोसेस आउटसोर्सिङ (आइटी-बिपिओ) क्षेत्रमा ८५ हजार रोजगारी सिर्जना गर्न सकिने सुझाएको थियो । प्रविधि पत्रकार मञ्चले मन्त्रालयसँगको सहकार्यमा नेपालमा सूचना प्रविधि र रोजगारीसम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले अरु मन्त्रालयसँग सहकार्य गरेर उक्त प्रतिवेदन कार्यान्वयन गर्ने बताए । ‘सरकारको प्राथमिकता रोजगारी हो,’ उनले भने,‘मुलुकका मध्यमस्तरका युवाका लागि रोजगारी सिर्जना गर्ने प्रमुख माध्यम सूचना प्रविधि क्षेत्र हो ।’

मध्यमस्तरका युवाहरुले उच्च क्षमताको रोजगारी गर्न नसक्ने र शारीरिक काम पनि नगर्ने हुँदा उनीहरुका लागि रोजगारीको समस्या उत्पन्न भएको उनले बताए । आफू अनुकूलको रोजगारी नहुँदा उनीहरुमा निराशा थपिएको उल्लेख गर्दै सूचना प्रविधिमा रोजगारी सिर्जना गरेर उनीहरुलाई रोजगारी दिने बताए ।

सूचना प्रविधि क्षेत्रमा काम गरिरहेका निजी क्षेत्रका प्रतिनिधिहरुले प्रतिवेदनले उल्लेख गरे भन्दा धेरै रोजगारी सिर्जना गर्न सकिने तर यसका लागि सरकारले सहजीकरण गर्नुपर्ने बताए ।

श्रम मन्त्रालयम बुझाएको प्रतिवेदनमा सूचना प्रविधि क्षेत्रमा १४ हजार ५ सय जनशक्तिले काम गरिरहेको उल्लेख छ । यस क्षेत्रमा प्रत्येक वर्ष ७ हजार ५ सय आइटी विद्यार्थी उत्तीर्ण भइसकेका छन् ।

त्यस्तै, हजारभन्दा धेरै कम्पनी दर्ता भएका र ५ हजारभन्दा धेरैले ‘फ्रिल्यान्सर’ गरिरहेका छन् ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]