Dabali News

ट्रम्प दम्पत्तिद्वारा दिवंगत पूर्वराष्ट्रपति बुशप्रति श्रद्धाञ्जली

१८ मंसिर

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र र उनकी पत्नी मेलानियाले दिवंगत पूर्व अमेरिकी राष्ट्रपति जर्ज एच डब्लू बुशप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

बुशको पार्थिव शरीर एयरफोर्समार्फत टेक्सासबाट वासिंटन डीसी ल्याएर रोटुंडामा राखिएको छ । ट्रम्प दम्पत्तिले क्यापिटोलमा पुगेर दिवंगत बुशप्रति श्रद्धाञ्जली अर्पण गरे । बुश परिवार र ट्रम्पबीच विगतमा चर्को मतभेद थियो ।

ट्रम्प बुधबार हुने बुशको अन्तिम संस्कारमा समेत सहभागी हुने कार्यक्रम छ । अमेरिकी पूर्वराष्ट्रपति बुशको गत शुक्रबार ९४ वर्षको उमेरमा निधन भएको थियो ।

उनको शवलाई उनकी पत्नी बारबरा समाधिस्थ गरिएको टेक्सासस्थित घरमै समाधिस्थ गरिनेछ ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]