Dabali News

भैनजी का पशुपति यात्रा !

भैयाजी का दो- दो बार फुन आवा, भैनजी आ रहीँ हैँ …झन्काओ मुजुरा….., ठोको तबेला जी … ठम् ठम्, ठम्… ’ सवाल राजनीतिक सत्ता का है…. ।

“म बहिनजीसँग औधी प्रभावित छु, मेरो जन्मदिनको दिन एकाविहानै होटल आउँनु मात्रै भएको थिएन्, त्यत्रो महान् देशको विदेशमन्त्रीले भैया नाता पनि दिनु भो । हामी हिन्दु संस्कृतिका उपासक । अझ उहाँको दलनै हिन्दु संस्कृतिलाई चुनावी अजेण्डा बनाएर सत्तामा पुगेको ।”
“तपाईँलाई थाहै होला उहाँ एलके आडवानीको भाजपामा चल्थ्यो भने शक्ति केन्द्रै हुनुहुन्थ्यो, संयोगले उहाँकै प्रतिस्पर्धी मोदीज्यू अहिले नेतृत्व हुनुहुन्छ ? त्यो भिन्नै कुरा हो ।”

हो, तपाईँले भनेको कुरा मलाई थाहा नभएको हैन् ..भारतको परराष्ट्र नीतिको अहंम फैसला प्रधानमन्त्री नरेन्द्र मोदीज्यू विदेश मन्त्रालयबाट नभै राष्ट्रिय सुरक्षा सल्लाहाकार अजीत डोभालमार्फत लिनुहुन्छ भने आप्mनो मूल प्रतिस्पर्धी स्वराजलाई नजरअन्दाज गर्नुहुन्छ नै । विश्वब्यापी मोदीज्यूका भ्रमण संसारले नियाली रहेको छ नै ।

हो कमरेड, म तपाईँको आईक्यू, जनमतले दिएको शक्ति, गठबन्धनको अंक गणितलाई म कम आँकलन गर्दिन् । कुटनीतिमा आवेग हैन् विवेक, भावना हैन् तितो यर्थात, सम्बन्धका ऐतिहासिक निरन्तरता आप्mनो देशको भूराजनीतिक संवेदनशीलता, छिमेकीको आप्mना कमजोर छिमेकीलाई गर्ने ब्यबहार ख्याल गर्नुपर्छ भन्न खोजेको मात्र हुँ । अहिले शिवरात्री हैन् न कुनै पशुपतिमा कुनै पर्वै चल्दैछ ।
तर, नमागेको सल्लाहा दिएकोमा भने माफ पाँउ ।

कमरेड … तपाईँले ख्याल गर्नुपर्ने कुरा..
१. तपार्इँकी ‘बहिनी’ पाहुना… वेमौसममा अनिमन्त्रित वेमौसमकी वर्षात मात्र हुन् । सत्ता हस्तान्तरण भएको छैन्, कामचलाउ सरकारका अन्त निकट छ, नयाँ सरकार बनेको छैन् । संक्रमणको यो चरमकालमा कुटनीतिक मर्यादा पालनमा शक्तिशाली र सर्वाधिक महत्व राख्ने कुनैदेशको विदेशमन्त्रीको भ्रमण हुँदैन, यो सदभाव यात्रा नभै दवावयात्रा ठानिन्छ र हो पनि ।

२. नेपालको धर्मनिरपेक्षता भारतीय सत्ताका आँखामा किरकिरी बनेकोछ । त्यसैले राजा र राजनीतिक नेतासँग एकैपटक सम्बन्ध र वार्ता थालेर दवाव सिर्जना गरेको छ । राष्ट्रिय स्वयम् सेवक संघको हिन्दु अतिवादी जडमति हातमा भारतीय सत्ताको स्टेरिङ छ । सन् २०१९मा आउने भारतीय चुनाव र हिन्दु अजेण्डा उसको प्रमुख हो, जो मुसलमान र माक्र्ससिस्टलाई खलपात्र मात्र सोँच्छ ।

३. घरेलु नीतिले विदेश नीतिलाई प्रभावित पार्ने कुरा नियाल्न आवश्यक छ । जातिय असहिष्णुता, तर्कवादी प्रतिको आक्रमण, गोरक्षकहरुको आतंक, दलित र मुसलमानप्रति असहिष्णुता र सरकारको मौनता । सत्ता जनताका अभिभावक बन्न नसक्नु, धार्मिक अतिवादलाई प्रोत्साहित दिनु र अन्धराष्ट्रवादलाई कानुनी टेका दिनु । त्यसको अर्को प्रयोगशाला नेपाल बन्न सक्छ ।

४. तपाईँका गठबन्धनको पार्टनरलाई ऊ विश्वास गर्दैन् ।

५.यो भ्रमणसँगै बाम पार्टी एकतामा अझ बाधा सिर्जना हुनेछ ।

  • दुराध
Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]