Dabali News

पेट्रोलियम पदार्थको मूल्यवृृद्धि विरुद्ध भएको प्रदर्शनमा एक वृद्धाको मृत्यु

१८ मंसिर

काठमाडौं । फ्रान्समा पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोध गर्दै भएको प्रदर्शनका क्रममा एक वृद्धाको मृत्यु भएको छ ।

मार्से शहरमा भएको विरोध प्रदर्शनका क्रममा सुरक्षाकर्मीले प्रहार गरेको अश्रुग्यासको क्यानले लागेर ८० वर्षिय वृद्धाको मृत्यु भएको हो ।

प्रदर्शन भइरहेको स्थान नजिकैको अपार्टमेन्टमा बसेकी ती महिलाले झ्याल बन्द गर्न खोज्दा उनको अनुहारमा अश्रुग्यासको क्यानले लागेको थियो ।

उनलाई उपचारका क्रममा अस्पतालमा भर्ना गरिएपछि निधन भएको अधिकारीहरुले जनाएका छन् । फ्रान्समा चर्किएको मूल्यवृद्धि विरुद्धको आन्दोलनका क्रममा यसअघि ३ जनाको मृत्यु भइसकेको छ ।

फ्रान्समा पछिल्लो प्रदर्शनमा १ लाख ३६ हजार मानिस सडकमा उत्रिएको बताइएको छ । पहेंलो भेस्ट लगाएर विरोधमा उत्रिएकाहरुले मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गरेका छन् ।

डिजेलको मूल्य पछिल्ला १२ महिनामा २३ प्रतिशतले वृद्धि भएको छ । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्यमा उतार चढाव भइरहँदा पनि फ्रान्समा भने लगातार मूल्य वृद्धि भइरहेकोे छ ।

राष्ट्रपति इमान्यूयल म्याक्रोनले हाइड्रोकार्बनमा कर बढाएपछि पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको हो । उनले भने प्रदर्शन अनुचित भएको बताएका छन् ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]