Dabali News

शहीद स्मारक फुटबलमा एपीएफ टिमद्वारा एनआरटी पराजित

१८ मंसिर

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा सशस्त्र प्रहरीको एपीएफ टिमले न्यूरोड टिम ‘एनआरटी’ लाई २-१ ले पराजित गरेको छ ।

आज भएको छैटौं चरणको पहिलो खेलमा एपीएफलाई विजयी गराउन युवराज खड्का र सुदिप शिखाकारले १-१ गोल गरे ।

पराजित टोली एनआरटीका लागि राजेश परियारले एक गोल फर्काएका थिए । जितसँगै एपिएफ टिम अंक तालिकाको सातौं स्थानमा उक्लिएको छ । ६ खेलबाट उसको ७ अंक भएको छ । पराजित टोली एनआरटी भने १ अंकसहित तालिकाको पुछारमा रहेको छ ।

५ खेलबाट १५ अंक जोडेको मनाङ मर्स्याङ्दी क्लव शीर्ष स्थानमा रहँदा १३ अंकसहित त्रिभुवन आर्मी क्लव दोस्रो तथा १२ अंक जोडेका थ्रीस्टार र संकटा क्लब क्रमशः तेस्रो र चौथो स्थानमा रहेका छन् । आजको दोस्रो खेलमा संकटा क्लबले नेपाल पुलिस क्लबसँग खेल्दैछ ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]