Dabali News

Ad

बालकृष्णलाई भेटेपछि बाबुरामले भने-जनयुद्धको फल खाने तर बालकृष्णलाई बालेर आगो ताप्ने ?

१८ माघ

काठमाडौं । नयाँ शक्ति नेपाल पार्टीका संयोजक डा. बाबुराम भट्टराईले जेल जीवन बिताइरहेका माओवादी नेता बालकृष्ण ढुंगेललाई भेटेका छन् । बिहीबार डिल्लीबजारस्थित सदरखोर कारागार पुगेर भट्टराईले भेटेका हुन् ।

ढुंगेललाई भेटपछि आफूलाई निकै आत्मग्लानी अनुभूति भएको बताएको डा.भट्टराईले फेसबुकमा लेखेका छन् । उनले जनयुद्धलाई अपराध मान्न आफू तयार नभएको बताएका छन् ।

डा. भट्टराईले जनयुद्धरुपी क्रान्तिकारी रुखको फल गणतन्त्र, संघीयता, धर्मनिरेक्षता, समावेसीरसमानुपातिक लोकतन्त्रको फल मिठो मानेर थपीथपी खाने तर त्यो फलाउने रुखका रुपमा रहेका बालकृष्ण ढुंगेल जस्ता हाँगाहरु बालेर आगो ताप्न नसकिने बताएका छन् ।

यस्तो डा. भट्टराईको स्टाटसः

जनयुद्धका सहयोद्धा तथा पूर्व सभासद बालकृष्ण ढुंगेललाई आज डिल्लिबजार सदर कारागारमा भेट्दा निकै आत्मग्लानिको अनुभूति भयो । क्रान्तिलाई ‘अपराध’ मान्न मन कत्ति तयार भएन । जनयुद्धरूपी क्रान्तिकारी रूखको फल गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेसी र समानुपातिक लोकतन्त्रको फल मिठो मानेर थपीथपी खाने तर त्यो फलाउने रूखका बालकृष्ण ढुंगेलहरू जस्ता हाँगाहरूलाई बालेर आगो ताप्न कसरी सकिन्छ र ?

Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]