Dabali News

नबिल बैंकले शेयरधनीलाई ३४ प्रतिशत लाभांश दिने

१८ मंसिर

काठमाडौं । नबिल बैंक लिमिटेडले आफ्ना शेयरधनीलाई ३४ प्रतिशत लाभांश दिने भएको छ ।

बैंकले आर्थिक वर्ष २०७४-७५ को मुनाफाबाट शेयरधनीलाई १२ प्रतिशत लाभांश शेयर र २२ प्रतिशत नगद लाभांश दिने भएको हो ।

नबिलले सो आवमा ४ अर्ब ५ करोड खुद मुनाफा गरेको थियो । बैंकका अनुसार १०० कित्ता शेयर बराबर २२ कित्ता लाभांश शेयर र प्रति शेयर २२ का दरले नगद लाभांश दिने भएको हो ।

बैंकको यही मंसिर १७ गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरी नेपाल स्टक एक्सचेञ्जलाई जानकारी गराएको हो ।

स्टकमा आज मुक्तिनाथ विकास बैंकको शेयर मूल्य समायोजन भएको छ । आव २०७४-७५ को नाफाबाट बैंकले प्रस्ताव गरेको १८.२५ प्रतिशत नगद लाभांश दिने भएको छ ।

मूल्य समायोजनपछि सो बैंकको प्रतिकित्ता शेयर मूल्य ३४५ कायम हुनेछ । यस्तै औसत आधार मूल्य भने ४९८ हुने छ ।

यस्तै विवरण बुझाउन अटेर गरेको भन्दै सोमबार कारोवार रोक लगाइएको नाडेप लघुवित्त वित्तीय संस्थाको कारोवार खुला भएको छ । स्टकले आज सो लघुवित्तको कारोवार खुल्ला गरेको जनाएको छ ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]