Dabali News

ज्योत्सना सिंह ठकुरीको ‘अगेन्स्ट अल अड’ उत्कृष्ट, विद्या र निशाले निर्देशन गरेका फिल्म तीनमा

१७ मंसिर

ललितपुर । महिलाले निर्देशक गरेका छोटा चलचित्र प्रतियोगितामा ज्योत्सना सिंह ठकुरीको ‘अगेन्स्ट अल अड’ सर्वोत्कृष्ट भएको छ ।

यस्तै विद्या चापागाइको ‘स्टोरी अफ स्कूल’ र निशा मानन्धरको ‘वीक्यान’उत्कृष्ट तीनमा पर्न सफल भएका छन् । प्रतियोगितामा चलचित्र निर्देशक सम्झना उप्रेती रौनियार, शुष्मा गौतम र असिम शाह निर्णायक रहेका थिए ।

प्रतियोगितामा नेपालका सात फिल्म अन्तिम चरणमा पुगेका थिए ।
प्रतियोगितामा सर्वोत्कृष्ट हुने ज्योत्सना सिंह ठकुरीको ‘अगेन्स्ट अल अड’लाई आइवार्ट नेपालका अध्यक्ष मन्टेश्वरी राजभण्डारीले रु २५ हजारसहित पुरस्कार प्रदान गरिन् । यस्तै, उत्कृष्ट हुने दुई चलचित्रलाई दोसल्ला र मायाको चिनोसहित सम्मान गरियो ।

आइवार्ट नेपालले आयोजना गरेको दोस्रो आइवार्ट महिला चलचित्र महोत्सवमा महिलाले निर्देशन गरेका १० देशका १२ चलचित्र प्रदर्शन गरिएको थियो । कार्यक्रममा चलचित्रका निर्देशकसँग चलचित्र सम्बन्धमा अन्तरक्रिया पनि गरिएको थियो ।

काठमाडौंको राष्ट्रिय नाचघरमा आयोजित कार्यक्रममा आइवार्टका अन्तर्राष्ट्रिय अध्यक्ष भ्वायलेट गोन्डा र संचार अधिकृत गीतालाल सहाइको पनि उपस्थिती रहेको थियो ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]