Dabali News

एनआरएनए स्कटल्याण्डको नयाँ कार्यसमितिको सपथ ग्रहण

१७ मंसिर

स्कटल्याण्ड। हालै गठन भएको गैर आवासीय नेपाली संघ स्कटल्याण्ड राज्य समन्वय परिषद कार्यसमितिले सपथ ग्रहण गरेको छ। गैरआवासीय नेपाली संघ युकेका अध्यक्ष योगकुमार फगामी, महासचिव राजकुमार त्रिपाठी, उपाध्यक्ष ललित न्यौपाने, सल्लाहकार डा. रामकुमार अधिकारीले स्कटल्याण्ड राज्य परिषदका अध्यक्ष मोहन कार्कीको नेतृत्वमा गठित समितलाई सपथ ग्रहणका साथै प्रमाणपत्र बितरण गरेको हो ।

सो समारोहमा एनआरएनए युकेका अध्यक्ष योगकुमार फगामीले स्कटल्याण्डमा राज्य परिषद्को गठनबाट एनआरएनए युकेको इतिहासमा नयाँ आयाम थपिएको र स्कटल्याण्डमा एनआरएनएको भूमिकालाई सशक्त गर्नु पर्ने बताए । एनआरएनए युकेका महासचिव त्रिपाठीले एनआरएनए स्वयमसेवी संस्था भएको र एनआरएनए युकेले गैरआवासीय नेपालीहरुको नागरिकता, नेपालमा लगानी, युकेमा नेपालीहरुको पहिचान, च्यारिटीहरुलगायत धेरै कार्यहरुको गरिरहेको जानकारी दिए ।

त्यसैगरी उपाध्यक्ष न्यौपानेले एनआरएनए युकेले स्कटल्याण्डसहित वेल्स र नर्थन आयरल्याण्डमा राज्य परिषद् गठन गरिएको र चाडैं इङ्गल्याण्डमा राज्य परिषद गठन गरिने बताए ।

कार्यक्रममा बोल्दै नवगठित स्कटल्याण्ड राज्य समन्वय परिषदका अध्यक्ष मोहन कार्कीले एनआरएनए स्कटल्याण्डले नेपालीहरुको दोहरो नागरिकताको अभियानमा कटिबद्ध भएर लाग्ने , स्कटल्याण्डबाट नेपालमा सामुहिक लगानीको पहल गरिने र आउँदा दिनहरुमा स्कटल्याण्डमा एनआरएनएको सदस्यता वितरण कार्य तिव्र पारिने र संगठन विस्तार गर्ने बताए ।

अध्यक्ष कार्कीले एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषदलाई बिदेशमा रहेका नेपाली बालबालिकाहरुमा नेपाली भाषा, लिपी, संस्कार, संस्कृतिको बारेमा जानकारी दिन भिडियो कार्टुन, पाठ्यसामग्री निर्माणको लागि पहल गर्न आग्रह गरे ।

एनआरएनए युकेका सल्लाहकार डा. रामकुमार अधिकारीले संचालन गरेका थिए भने कार्यक्रममा स्कटल्याण्ड राज्य परिषदका संरक्षण भोला खनाल, स्कटल्याण्ड राज्य परिषदका सचिव कृष्ण दाहाल र प्रकाश अर्यालले स्कटल्याण्डमा एनआरएनएको आवस्यकता र भूमिकाबारे चर्चा गरेका थिए ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]