Dabali News

Ad

स्वराजलाई मैले बोलाएको हुँः ओली ! एमालेले गर्‍यो भव्य सम्मान, नाकाबन्दीलाई भुल्‍ने सहमति

१८ माघ

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भारतीय विदेशमन्त्री सुष्मा स्वराजलाई आफूले बोलाएको स्पष्टिकरण दिएका छन् ।

अध्यक्ष ओलीले पार्टी संयोजन समिति बैठकमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको फोन वार्ताको क्रममा प्रतिनिधि पठाउन भनेको र त्यसैअनुसार स्वराज नेपाल आएको जानकारी दिएका हुन् । बैठकमा नेताहरुले स्वराजको नेपाल भ्रमणबारे प्रश्न उठाएका थिए ।

एमाले उपाध्यक्ष बामदेव गौतमले सुष्मा स्वराज पाहुना भएको बताउँदै नेपाल भ्रमण गर्नु सकारात्मक भएको बताए । गौतमले भ्रमणले दुई देशको सम्वन्ध सुधार गर्ने विश्वास व्यक्त गरे ।

दुई दिने भ्रमणको लागि नेपाल आएकी भारती विदेशमन्त्री स्वराज र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता भएको छ । होटल सोल्टीमा भएको भेटवार्तामा सम्बन्ध सुधार गरेर अगाडि बढ्ने सहमति भएको छ ।

यसैबीच नेकपा एमालेले स्वराजको सम्मानमा रात्रि भोजको आयोजना गरेका छ । स्वराजले भोलि राष्ट्रपति, प्रधानमन्त्री, माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलगायतलाई भेट्ने कार्यक्रम छ ।

Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]