Dabali News

बङ्गुर चोरी गर्ने २ जनासहित १३ जुवाडे पक्राउ

१७ मंसिर

काठमाडौँ । जोरपाटीको नयाँबस्तीबाट आइतबार मध्यराति जुवा खेलिरहेको अवस्थामा ५ लाख ३१ हजार नगदसहित १३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी कार्यालय बौद्धका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दसहित सादा पोसाकमा खटेको प्रहरी टोलीले काठमाडौँ महानगरपालिका-६ स्थित राम कार्कीले सञ्चालन गरेको पूर्वेली गेष्ट हाउसबाट १६ थान कौडासहित पक्राउ गरिएको हो ।

प्रहरीका अनुसार ठूलो समूहमा ठूलो रकमको साथ जुवा खेलिरहेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले रातको १२ बजे धादिङ घर भई काठमाडौँमा होटल सञ्चालन गर्दै आएका ३६ वर्षिय राम कार्कीसहित १३ जनालाई नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा बारा स्थायी घर भई काठमाडौँ बस्ने ४२ वर्षिय राजकुमार तिवारी, काभ्रे घर भई काठमाडौँ बस्ने ३४ वर्षिय केशव नेपाल, उदयपुर घर भई काठमाडौँ बस्ने ३० वर्षिय मानबहादुर मगर, सिन्धुपाल्चोक घर भई काठमाडौँ बस्ने ३६ वर्षिय विशाल सुनारसहित १३ जना रहेका रहेका छन् ।

पक्राउ परेका उनीहरुको थप अनुसन्धान भइरहेको तथा प्रचलित कानूनअनुसार मुद्दा चलाइने प्रहरीले जानकारी दिएको छ ।

त्यस्तै तौलिहवामा बङ्गुर चोरी गर्ने २ जनालाई प्रहरीले आज पक्राउ गरेको छ । पक्राउ पर्नेमा बुद्धभूमि नगरपालिका–७ का प्रेमबहादुर ढाडी र रामवली कुर्मी रहेका छन् ।

उनीहरुले महाराजगञ्ज नगरपालिका–४ बरईपुरका नरदाहे पासीले पालेको ११ बङ्गुर चोरी गरेका हुन् ।
दुवै जनालाई ११ बङ्गुरसहित तौलिहवाबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय महाराजगञ्जले जनाएको छ । चोरीमा संलग्न एक जना अझै फरार रहेका छन् ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]