Dabali News

‘धार्मिक पूँजीवादी कम्युनिस्ट’

सोमबार सबेरै
पशुपतिनाथ गएर
महादेबको लिंग पूजा गरेर

मंगलबार मर्निङ्ग वाकमै
पाईलट डाँडा पुगेर
बाबालाई तीन थान धनुष्टंकार गरेर

बुधबार बिहानै
स्वयम्भू पुगेर
भगवान बुद्धलाई खादा ओढाएर

बिहीबार बुर्कुसी मार्दै
सरु माताको पसलमा पुगेर
माताको चरण माथाले रगडेर

शुक्रबार झिसमिसेमै
मस्जिद छिरेर
अल्लाहको आशीर्वाद लिएर

शनिबार चर्को घाममा
चर्च छिरेर
प्रभु यशुको प्राथना गरेर

आइतबार आएर
अक्टोबर क्रान्तिलाई सम्झँदै
लालसलाम ठोकेर

नेपालकै सुन्दरी कमरेडलाई
विश्व सुन्दरी बनाउन
हप्तैभरी भोट गर्दै,
भोट माग्दै
समृद्धि र समाजबादको यात्रामा
थकाई नमारी कुदिरहेछ
नयाँ नेपाली युगको चटके
‘धार्मिक पूँजीबादी कम्युनिस्ट’

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]