Dabali News

नेकपाद्वारा देशैभर न्याय माग्दै प्रदर्शन

१६ मंसिर

कञ्चनपुर । निर्मला पन्तको हत्या भएको ४ महिना बितिसक्दा पनि सरकारले दोषी पत्ता लगाउन नसकेको भन्दै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आज देशैभर प्रदर्शन गरेको छ ।

केपी ओली सरकारले बहुमतको आडमा अपराधीलाई लुकाएको आरोप सो पार्टीले लगाएको छ ।
त्यस क्रममा काठमाडौंको शान्तिवाटिकाबाट शुरु भएको विरोध जुलुस घण्टाघर, शहिदगेट, सुन्धारा हुदै पुनः शान्तिबाटिकामा आएर कोणसभामा परिणत भएको थियो ।

उता, महेन्द्रनगरमा आयोजित प्रदर्शनपछि आयोजित कोणसभामा महाकाली इन्चार्ज वीरेन्द्र शाहले निर्मलाको न्यायका लागि सबै पक्षसँग छलफल गरेर दबाबका कार्यक्रम अगाडि ल्याउने बताए ।

स्थानीय दशरथ चोकबाट निस्किएको र्याली शहरका विभिन्न स्थानमा परिक्रमापछि संविधानचोकमा गएर सभामा परिणत भएको थियो । उनलाई न्याय दिन दबाब गर्दै ‘सरकार भेटियो न्याय भेटिएन’ भन्ने पोस्टर टाँसिएको थियो ।

त्यसरी टाँसिएका पोस्टर भने प्रहरीले निकालेका थिए भने पोस्टर टाँस्नेलाईसमेत प्रहरीले पक्राउ गरेको थियो ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]