Dabali News

श्रम इजाजत लिन अनलाइन टोकन अनिवार्य

१६ मंसिर

काठमाडौं । विदेशमा काममा जानका लागि श्रम स्वीकृति लिन अनलाइनबाटै टोकन प्राप्त हुने भएको छ ।

श्रम स्वीकृति प्रक्रियालाई सरल बनाउन वैदेशिक रोजगारको कार्यालय ताहाचलले आइतबारबाट यो प्रणाली सुरु गरेको हो ।

पछिल्लो दिनमा कार्यालयमा सेवाग्राहीको भीड बाक्लो हुँदा सेवा सम्पादन प्रभावित भइरहेको छ । त्यसैलाई व्यवस्थापन गर्ने गरी अनलाइन फारम भर्दा नै टोकन नम्बर दिन सुरु गरिएको हो ।

नयाँ श्रम स्वीकृति, पुनः श्रम स्वीकृति र कागजात प्रमाणीकरणका लागि अनलाइन टोकन अनिवार्य गरिएको छ । हाल कार्यालयमा सेवा लिन एकीकृत वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (एफइआईएमएस) मा अनलाइन आवेदन भर्नुपर्छ ।

त्यसमै टोकन नम्बर उल्लेख गर्ने व्यवस्था गरिएको छ । अब यसमै तोकिने मिति र समयमा मात्र सेवा ग्राही विभागमा सेवा लिन जान सक्छन् ।

तोकिएको समयमा तोकिएका सोव ग्राही मात्रै आउँदा एकै पटक कार्यालयमा भीड जम्मा नहुने अपेक्षा गरिएको छ । अनलाइन टोकन सुरु भएपछि बिचौलियाको चलखेल पनि घट्ने अपेक्षा विभागले गरेको छ ।

पछिल्लो समयममा कार्यालय व्यवस्थापनमा पनि ध्यान दिइएको छ । परिसरभित्र पिउने पानीको व्यवस्था गरिएको छ भने बस्ने बेन्चहरु थपिएका छन् । कार्यालयमा आउनेलाई बस्न सहज होस् भनेर थप पूर्वाधार निर्माणको योजना बनाइएको छ ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]