
१६ मंसिर
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ ले केही मुठीभर मानिसको हातमा रहेको वर्तमान राज्यसत्ता गरिब किसानहरुकको हातमा आएपछि मात्र सबैप्रकारका समस्या समाधान हुने बताएका छन् ।
अखिल नेपाल किसान संघ (क्रान्तिकारी) का तेस्रो भेलाको शनिबार उद्घाटन गर्दै सुदर्शनले आफ्नो पार्टीले अघि सारेको अवधारणा एकीकृत जनक्रान्तिको माध्यमबाट सर्वहारा गरिब किसानहरुको सत्ता वैज्ञानिक समाजवाद स्थापना हुने धारणा राखे ।
मध्यकमाण्ड इन्चार्ज समेत रहेका नेता सुदर्शनले आफूहरु वार्ता विरोधी नभएको तर सरकारले पार्टीलाई बार्ता सम्बन्धी कुनै आधिकारीक जानकारी प्राप्त नभएको प्रस्ट बताए । “हामी बार्ताको विरोधी होइनौं, लामो समयदेखी वार्ता प्रक्रियाबाटै आएका हौं, तर सरकारी पक्षबाट बार्ता सम्बन्धी प्रस्ट र आधिकारीक धारणा केही पनि नआएकोबेला हामीले बार्ताको बारेका केही सोचिरहेका छैनौं” सुदर्शनले भने ।
भेलाले राजु कार्की संयोजक रहेको ४५ सदस्यीय सम्मेलन आयोजक समिति गठन गरेको छ । साथै भेलाले किसान संगठनको नाम परिवतर्न गरेर अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) बनाएको छ ।