Dabali News

सरकार र बहिर्गमित जनमुक्ति सेनाबीचको वार्ता भंग, संघर्षमा जाने चेतावनी

१६ मंसिर

काठमाडौँ । सरकार र बहिर्गमित जनमुक्ति सेनाबीचको वार्ता भंग भएको छ । सरकारले गठन गरेको वार्ता टोली र बहिर्गमित जनमुक्ति सेनाको वार्ता समितिले दशैंअघि पहिलो चरणको वार्ता भएको थियो ।

सरकारले वार्ताको नाममा आफूहरुलाई भुलाउने मात्रै गरेको भन्दै बहिर्गमित जनमुक्ति सेनाले निष्कर्ष निकालेको छ । उसले अब सरकारसँग वार्ता होइन नभएर संघर्षमा जाने बताएको छ ।

सरकारले वार्ताको लागि पत्र पठाएपछि बहिर्गमित जनमुक्ति सेना नेपालले उपाध्यक्ष रमेश बसेल ‘करण’ को संयोजकत्वमा वार्ता टोली बनाएको थियो । टोलीले सरकारी वार्ता टोलीसँग आफ्ना मागसहित अवस्थाबारे लिखित रुपमा जानकारी गराएको थियो ।

दशैंपछि पुनः हुने भनिएको सरकार उदासिन रहेको भन्दै बहिर्गमित जनमुक्ति सेनाले वार्तामा नबस्ने निर्णय गरेको छ । उसले वार्ताको नाममा सरकारले आफूहरुलाई गलाउने रणनीति लिएको निष्कर्ष निकालेको छ ।

महासचिव राजन थापा ‘सुवास’ले संगठनको केन्द्रीय समिति बैठक बसेर संघर्षका कार्यक्रम सार्वजनिक गर्ने बताए । उनले सरकारले वार्ता टोली बनाएर द्वन्द्व व्यवस्थान गर्न भनेपनि त्यो भ्रम मात्रै रहेको बताए । समस्या समाधान गर्नेभन्दा पनि सत्तामा गएर भत्ता पचाउने काममा सरकार लागेको भन्दै सुवासले भने, “द्वन्द्वको समाधान भन्दापनि सरकारलाई सत्ता र भत्ता कै चिन्ता छ, जसरी हुन्छ भत्ता पचाउने भन्नेमा मात्रै वार्ता टोली सिमित छ । सरकारले बार्ता टोली गठन गरेको ३ महिना समय अबधी पुगिसक्दा पनि कुनै समूहसँग सहमती भएको छैन । यसले के देखाउँछ भने सरकार समस्या समाधान होइन, औपचारिकता पूरा गर्नेतिर लागेको छ । अब वार्ताको माध्यमबाट निकास निस्कने सम्भावना न्यून भइसकेको छ” महासचिव सुवासले अनलाइन डबलीसँग भने । अहिलेसम्म कुनै पक्षसँग पनि सहमति गर्न नसकेको वार्ता टोलीको म्याद बढाउन लागेको भन्दै सुवासले यो भत्ताको लागि मात्रै भएको दाबी गरे ।

आफूहरुले वार्ताको माध्यमबाट निकास खोजेको तर सरकार गम्भीर नभएको भन्दै सुवासले समय मात्रै बर्बाद नगर्ने बताए । उनले अब संगठनको केन्द्रीय समितिको बैठक बसेर सरकारविरुद्ध कडा संघर्षका कार्यक्रम सार्वजनिक गर्ने बताए ।

सेना समायोजनको लागि भन्दै उयोग्‍य घोषणा गर्दै घर पठाइएका पूर्वजनमुक्ति सेनाले ‘बहिर्गमित जनमुक्ति सेना नेपाल’ संघर्ष गर्दै अाएका छन् ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]