Dabali News

निर्मलालाई न्यायको लागि नेकपाले आज एकै समयमा देशभर प्रदर्शन गर्दै

१६ मंसिर

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले निर्मला पन्तको न्यायको लागि आज देशभर प्रदर्शन गर्न लागेको छ ।

नेकपाले कञ्चनपुरलगायत देशैभरी एकैसाथ प्रदर्शन गर्न लागेको हो । काठमाडौँको शान्तिबाटिकामा दिउँसो १२ बजे प्रदर्शन गर्न लागिएको नेकपा काठमाडौँले जनाएको छ । बलात्कारपछि हत्या भएको चार महिना पुगिसक्दा पनि दोषी पत्ता लाग्न नसकेको भन्दै नेकपाले विरोध प्रदर्शन गर्न लागेको हो ।

निर्मलाका हत्यारालाई कारवाहीको माग गर्दै कञ्चनपुरबासीले पनि हिजो आन्दोलनका कार्यत्र mम घोषणा गरिसकेका छन् । नेकपाल कञ्चनपुरका अनुसार दिउँसो १२ बजे पुरानो जिल्ला प्रशासनको कार्यालय अगाडिबाट र्यालीको सुरु हुने बताएको छ ।

नेकपाले अपराधीलाई राज्यले नै संरक्षण गरेको आरोप लगाउँदै आएको छ । राज्यले देखाएको लाचारी, गैरजिम्मेवारीपना र अपराधीलाई संरक्षण गर्ने गतिविधिले सम्पूर्ण आम नेपाल जनसमुदायलाई लज्जित तुल्याएको भन्दै नेकपाले घोर भत्सर्ना र तीब्र घृणा व्यक्त गरेको छ ।
नेकपाले प्रदर्शनमा सहभागी हुन विद्यार्थी, शिक्षक, प्राध्यापक, बुद्धिजीवी, समाजसेवी, नागरिक समाज, अधिकारकर्मी, व्यपारी, व्यवसायी, युवा, मजदूर, किसान, राजनीतिकर्मी, पत्रकारसहित सबै सहभागी हुन अपील पनि गरेका छन् ।

विरोध र्‍याली कोणसभामा परिणत हुने र नेकपा नेताहरुले सभालाई सम्बोधन गर्ने बताइएको छ ।

यसअघि पार्टी पुनर्गठन दिवसको अबसरमा काठमाडौंमा आयोजना गरिएको जनसभामा पार्टी प्रवक्ता प्रकाण्डले निर्मलाको हत्यामा सरकारी मान्छेको संलग्नता रहेको भन्दै दोषीलाई आफ्नो पार्टीले कारवाही गर्ने बताएका थिए ।

 

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]