Dabali News

ट्रिपर चालक र सहचालकलाई सडकमै ट्राफिक सचेतना

१५ मंसिर

उदयपुर । ट्राफिकले ट्रिपर चालकलाई भेला गर्दै सचेतना कक्षा दिन थालेको छ ।

ट्रिपर दुर्घटनाले मान्छेको ज्यान लिनुका साथै घाइतेको संख्या बढ्दै जान थालेपछि दुर्घटना न्यूनिकरण गर्ने उद्देश्यले चालक र सहचालकलाई ट्राफिक सचेतना कक्षा सञ्चालन गरिएको हो ।

ट्रिपर दुर्घटनामा परी पछिल्लो १ महिनामा उदयपुरमा २ जनाको मृत्यु हुनुका साथै ५० हाराहारीमा घाइते भएपछि दुर्घटना कम गर्न सचेतना कक्षा सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

सचेतना कार्यक्रम अन्तर्गत ट्राफिक पोष्ट कटारी आसपास स्थानीय रुटमा चल्ने ८० ट्रिपरका चालक र सहचालकलाई बेग्लाबेग्लै भेला गराई ३ घण्टे सचेतना कक्षा सञ्चाचलन गरिएको छ ।

स्थानीय बसपार्कमा भेला भएका चालक सहचालकलाई ट्राफिक नियम, कानुनी ज्ञान र मानवीय संबेदनाबारे कक्षा दिइएको छ ।

तिब्र गतिमा नहाँक्न, क्षमताभन्दा बढी भार नबोक्न, यात्रु नचढाउन र दुर्घटना हुनबाट सधैसचेत रहन ओभरटेक नगर्न चालकहरुलाई प्रशिक्षण दिइएको छ ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]