Dabali News

विश्व एड्स दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै, २०३० सम्म अन्त्य गर्ने सरकारीको लक्ष्य

१५ मंसिर

काठमाडौं । आज डिसेम्बर १ अर्थात विश्व एड्स दिवस नेपालमा पनि विभिन्न कार्यक्रमको गरी मनाईदैछ ।

एचआइभी जाँच गराउँ, आफ्नो अवस्था थाहा पाऔँ’ भन्ने मूल नाराका साथ यस वर्ष एड्स दिवस नेपालमा पनि विभिन्न जनचेतनामुलक कार्यक्रमको आयोजना गरी मनाउन लागिएको हो ।

नेपालमा पहिलो पटक एचआइभीको संक्रमण सन् १९८८ मा देखिएको थियो । राष्ट्रिय एचआईभी एड्स तथा यौन रोग नियन्त्रण केन्द्रका अनुसार विश्वमा करिव ३ करोड ५० लाख मानिस एचाआईभी एड्सको संक्रमणबाट पीडित रहेका छन् ।

नेपालमा एड्स सम्बन्धि उपचारका लागि विभिन्न स्थानमा ५२ केन्द्र स्थापना गरी सरकारले उपचार तथा परामर्श उपलब्ध गराउँदै आएको छ ।

यसैबीच प्रदेश नं.३ मा एक वर्षकै अवधिमा ४ सय ४५ जना एचआइभी एड्स संक्रमित फेला परेका छन् । दिवसको पूर्वसन्ध्यामा ३ नं.प्रदेश स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको तथ्यांक अनुसार सन् २०१७ मा प्रदेश नं ३ मा २ सय ४१ पुरुष, एक सय ८६ महिला र १८ जना तेस्रोलिंगी संक्रमित पहिचान भएका छन् । अन्य प्रदेशमा भन्दा प्रदेश ३ मा एआरटी सेवन गर्ने संकक्रमित बढी छन् ।

यस प्रदेशमा ४ हजार ५ सय १२ जनाले नियमित एआरटी सेवन गरिरहेका छन् । २०१० को तुलनामा २०१७ मा ६१ प्रतिशतले संक्रमण घटेको निर्देशनालयले जनाएको छ । स्वास्थ्य निर्देशक डा.यदुचन्द्र घिमिरेले संक्रमण अझै घटाउँदै लैजानुका साथै महामारीलाई सन् २०३० सम्म अन्त्य गर्ने लक्ष्य रहेको बताए ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]