Dabali News

Ad

चन्द्रग्रहणः चन्द्रमा पूरै ढाकिँदै, लाइभ हेर्नुहोस्

१७ माघ

काठमाडौं । अहिले चन्द्रग्रहण लागेको छ । १ सय ५२ वर्षपछिको लागेको चन्द्रग्रहण अहिले साँझ ५ बजेर ३३ मिनेटमा सुरु भई राति ८ बजेर ५६ मिनेटमा सकिने खग्रास चन्द्रग्रहण अवलोकन गर्न चाहनेहरुले निर्धक्क भएर आफ्नो घर वा घर छेउमा रहेको खुल्ला चौरबाटै नाङ्गो आँखाले अवलोकन गर्न सक्नेछन् ।

वैज्ञानिकका अनुसार चन्द्रग्रहण हेर्दा कुनै हानी नोक्सानी हुँदैन । ग्रहणले चन्द्रमालाई ६ बजेर ३६ मिनेटमा पुरै ढाक्नेछ । अवलोकनकर्ताले ६ बजेर ३६ मिनेटदेखि १ घण्टा १६ मिनेटसम्म अर्थात् ७ बजेर ५२ मिनेटसम्म चन्द्रमालाई तामा रंगमा देख्न सक्नेछन् ।

यस्तै खगोलीय घटना १५२ वर्षअघि अर्थात् अघिल्लोपटक सन् १८६६ मार्च ३१ मा भएको थियो ।

अमेरिकी वैज्ञानिकहरुको संस्था नासाका अनुसार आज चन्द्रमा पृथ्वीबाट करिब ३ लाख ५८ हजार किलोमिटरको दुरीमा रहनेछ । पृथ्वी र चन्द्रमाको औसत दुरी भने ३ लाख ८४ हजार किलोमिटर हो ।

हेर्नुहोस् लाइभ 

LIVE: NASA – National Aeronautics and Space Administration's coverage of the Super Blue Blood Moon

LIVE: NASA – National Aeronautics and Space Administration's coverage of the Super Blue Blood Moon

Posted by INQUIRER.net on Wednesday, January 31, 2018

 

Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]