Dabali News

तोपले छिया छिया पार्ने तयारी

जसले इतिहासलाई पेस्तोलले हान्छ, त्यसको भविश्यलाई पनि तोपले छियाछिया पार्दछ – दागिस्थानी कबि अवु निदाल
समाज वर्गिय छ,त्यसै अनुसार संंघर्ष हुन्छ र भइरहनेछ । मार्क्सले भन्नै पर्दैन् कम्युनिस्टले भन्नै परेन् । मान्नुस् नमान्नु्स्… विश्व नियाल्नुस, दुनियाँ हेर्नुस् र नेपाल बुझ्‍नुस् ।

लेखको सुरुवात आफ्नै फेसबुक वालका केही स्टयाटसबाट गर्दैछु । ती कुनै ज्योतिषवाणी थिएनन् । राजनीतिले कहिले कहीँ गज्जबको ठट गर्छ । नेता त्यसका पात्र हुन्छन्, राज कविहरु ….भास्यकार र जनता रमिते । पार्टी एकताको ढिलाईमा दोष अर्काको टाउको खन्याएर आफूलाई पवित्र देखिने, ‘कम्युनिष्टहरुको’ यो राजनीतिक खेल भित्रको झेल हो ।

पुरानै तरिकाले नयाँ समस्याको हल गर्न सकिँदैन्, चुनौतीले नयाँ अभ्यासको माग गर्‍यो भने नयाँ कला, अभ्यास, चतुर्‍याई गरेर धराप छिचोल्नुपर्छ । तर, त्यसलाई छिचोल्न नेतृत्वसँग सामजिक आवेग तयार गर्ने नैतिक पुँजी भने आवस्यक हुन्छ । त्यो विचारको भब्यताको जगमा मात्र खडा हुन्छ । जनता सुक्ष्म नजरले नेता, विकसित राजनीतिक घटनाक्रम नियालिरहेका हुन्छन् । आदेशले हाकिएझै देखिएपनि उ आफ्नै मर्जिमा हाँकिन्छ । तर, जनतालाई भिडमा फेर्ने र हित अनुसारको जनमत तयार गर्ने खेल पनि त्यतिकै भईरहेका हुन्छन् । अहिलेको सत्ता हस्तान्तरण, संसदीय ब्यबस्थाको ‘सौन्दर्यतालाई’ नियाल्ने हो भने काँग्रेसको भूमिकाले स्पष्ट पार्छ । ऊ आवेग, उत्तेजना भड्काउँदै राजनीतिक शक्तिको तोडफोडमा लागेको छ ।

केही आफ्नै फेसबुक स्टयाट्स ….

-…गोर्खामा नारायणकाजी हार्ने हैन्, हराईन्छ । माओवादी र एमाले पार्टी एकता हुँदै

हुँदैन्, भएमा माओवादी अनेकौँ चिरामा फेरी फुट्छ । एकताको तरूप फ्याक्न प्रचणडज्यू र ओलीकोज्यू विवसता भनेको अन्तरघातबाट बामगठबन्धन जोगाउनु हो – ११,मसिर ।

– श्रीमान् खडगप्रसाद ओलीले ‘हामी कम्युनिस्ट थिएनौं र हैनौँ र माओवादी जनयुद्ध जनयुद्धनै थिएन’ भनेर गरेको टिपप्णीको…. यथोचित जवाफ नेपाली कम्युनिस्ट र माओवादी नेतृत्वपंक्तीबाट नआउँनु….. नै माओवादी –एमालेबीच पार्टी एकताको बाधक … बन्नेछ । सरकार त सवैले सवैसंग मिलिजुली बनाएकै हुँन् –मंसिर,२१

– भर्खर बामदेवनगरीबाट नेपालगंज फर्केको छु । मेरो विश्लेषणले बामगठबन्धनका सुत्रधार गौतम र गोर्खाका काजी पराजयमा राष्ट्रिय र मात्र नभै अन्तरास्ट्रिय विषय पनि छ । त्यसले भावि नेपाली राजनीतिलाई दिशा निर्देश गर्नेछ । –मंसिर २३

– राजनीतिक दुर्घटना भएन भने बामगठबन्धनका पियम त केपीज्यू बन्नु पनि सक्नु होला तर सयुक्त पार्टीका अध्यक्ष प्रचण्ड भने बन्नु हुँनेछैन् । बने पनि दाँत र नंग्रा उखेलिलिएका मानार्थ अध्यक्ष बन्न सक्नु हुँनेछ … अर्थात बाम गठबन्धन पार्टी एकताको रूप लिनेछैन् –२४ मंसिर ।

– हे, माओवादी केन्द्र र एमालेजनहरू …न ज्यादा उत्साहित हौ, न ज्यादा चिन्तित । गठबन्धन रहला तर पार्टीएकता भने हुँदैन । वैश्वीक सस्था आयनजियो र ’र’ यति कमजोर छैनन् न आइयमयफ र डब्लुबी । यो संवेदनशील भूगोलमा यि २ पार्टीका एकता हुँन् उनिहरूले नै दिनेछैनन् ।.२६ मंसिर ।..

– के पार्टी भनेको त्यस्तो जिम्वाली हो, जहाँ २ जिम्वालले निर्णय गर्छन् र रैतीले त्यसलाई विना छलफल स्वीकार्न विवस हुन्छन् ?– मंसिर २६ ।

‘कमरेडहरुमा’ पार्टी एकताका कुरा चल्दै जाँदा सत्ता–उमंग त छाएको छ त्यसका अपरोधक पक्षको ख्याल भने गरिएको छैन् । भनिएको एमाले–माके एकताको पवित्र चाहाना राखिएपनि म भने एकता र ए कता ! बीचमा युद्धमा जय र पराजयबीचको पातलो धर्सो झैँ देखिरहेको छु । यसलाई बाम एकता वा कम्युनिष्ट एकताको नजरबाट नियाल्दा जति सहज परिणामको अपेक्षा गर्न सकिन्छ त्यस्तै सितयुद्धको विश्व ह्यांगओभर, देशको भूराजनीतिक संवेदनशीलता एवं राजनीतिक सामान्ती अहंकारले निम्त्याउँने घमण्डको फ्रेमबाट नियाल्ने हो भने त्यसलाई चिर्ने इच्छा शक्तियुक्त नेतृत्वको अभाव देखिन्छ । परिवर्तनको उपलब्धीको अंशियार हुँने तर त्यसले चाहेको राजनीतिक संस्कृतिको पालन गर्नु नपर्ने । त्यसैले चरमा एकता विरोधीहरुको रंगशाला नेपाली राजनीति बन्दो छ । रुपमा हेर्दा आर्दश, सिद्धान्त, इतिहासको रक्षा र सपनाको मार्गचित्र बहसका विषय नभएर घमन्डको सितलता र गुट एवं नेताहरुको ब्यबस्थापन मात्र समस्या देखिँदो छ ।

यो मौसम नै सिद्धान्तको राजनीतिको ठाउँमा सुविधाका राजनीतिक तर्क कोरल्ने याम हो । एमालेभित्रको गुटको सलबलाहट र जिम्मेवार मान्छेहरुको अजिम्मेवार भनाई-माकाफुई र बोको हराम जस्ता शब्दले चित्र र चरित्र प्रष्ट देखिएको छ भने गुटको दवाव नेतृत्वले झेल्न सकिरहेको छैन् । गुटको समिकरणको स्वभाविक फेरबदलले आतंकको छुत रोग फैलिँदो छ भने ओलीज्यूको गिर्दो स्वास्थ र भावी नेतृत्वको अवस्थाले अझ त्यसलाई आवेग भर्न मद्दत पुर्‍याएको पाईन्छ ।

अहिले समाजवादका कोरा बकवास त गरिन्छ,यो कुनै भानु मतिको पेटारो भने हैन्, जहाँ हरेक समस्याको निकास जादु गरेर निकाल्न सकियोस् । काँग्रेसी समाजवाद त डा. महतको अर्थशास्त्रले उहिल्यै समाजवादी प्रजातन्त्रको हुर्मत काढेकै हो ।

दुवै पार्टीमा अब सिद्धान्त, उद्देश्य र भूमिका केही फरक छैन तर दुवै संस्थाभित्र पलाएका महत्वकांक्षााका, कुन्ठा र भाई नेतृत्वको ब्यबस्थापन मूल समस्या हो । कम्युनिस्ट ग्रन्थीले सिद्धान्तका र इतिहासका कुरा बहस बनेर एकता भाँजो भन्नेछन् भने चुनावी तत्कालीन अंक गणित एमालेभित्र दम्भ र घमण्डका आधार बन्नेछन् ।

अन्त्यमाः नेतृत्व क्षमता भनेको प्रतिरोधलाई चिर्दै राष्ट्रिय आवेग तयार गर्नु हो । एउटै घोषणापत्रमा जनमतले दिएको आदेशलाई लत्याउनु भनेको अाफ्नै उपलब्धीको भारी बोक्न नसक्नु हो । आफै फेरिँदा पनि मानसिक रुपमा सितयुद्धको ह्ययांगओभर फेर्न नसक्नु हो । अर्कोतर्फ सानो आकारको भूगोल, सानो अर्थतन्त्रमा भूसंवेदनशीलतामा पश्चिमा र छिमेकीहरुको चलखेल चिर्न नसक्नु हुँन जान्छ । त्यसैले इतिहासलाई सम्झदै वर्तमानको चुनौति घमण्ड, अहंकार, भयग्रस्तता, हिनतावोधबाट सम्भव हुँदैन भने ख्याल गर्नुपर्ने विषय भनेकै जसले इतिहासलाई पेस्तोलले हान्छ, त्यसको भविश्यलाई पनि तोपले छियाछिया पार्दछ भन्ने हेक्का राख्न आवस्यक हुन्छ ।

सिद्धान्तको सामूहिक आत्महत्याको माहामारी नवउदारवादको मानवजातिमाथीको सबभन्दा खतरनाक मानसिक आक्रमण हो । राजनीति त्यसको प्रथम शिकार भयो । पछिल्लो कालखण्डमा त्यो महामारी नेपालमा फैलिएको मात्र हो । अहिले एमाले र माओवादी केन्द्रमा बिचारभन्दा प्राविधिक बहसले प्रमुखता पाउनु त्यसैका परिणाम हुँन् । एकताका साधक वा वाधक यसैमा टिकेको छ ।

  • जनआस्थाबाट
Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]