Dabali News

खेलकुद प्रतिभा तथा युवा पत्रकारिता पुरस्कारबाट १४ जना सम्मानित

१४ मंसिर

काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयले १४ जनालाई खेलकुद प्रतिभा तथा युवा पत्रकारिता पुरस्कारबाट आज (शुक्रबार) सम्मान गरेको छ ।

खेलकुद र युवा पत्रकारिता क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउनेहरुलाई सम्मान गरिएको हो । सम्मानित हुनेहरुमा भारोत्तोलनका कमलबहादुर अधिकारी, तेक्वान्दोकी यानकुमारी चौलागाईं, एथलेटिक्सका विश्वरुपा बुढा र सोमबहादुर कुमाल, भलिबलकी निताकुमारी शाह र पारा तेक्वान्दोकी रञ्जना धाँमी रहेका छन् ।

त्यस्तै एथलेटिक्स प्रशिक्षक हरिबहादुर रोकाया, ब्याडमिन्टन रेफ्री दीपक थापा, खेल चिकित्सक अजय शमशेर जबरा र संघस्थाबाट नेपाल बोसिया संघ सम्मानित भएका छन् । सम्मानित सबैलाई जनही १ लाख नगदसहित खेलकुद प्रतिभा पुरस्कार प्रदान गरिएको छ ।

त्यसैगरी युवा पत्रकारिता पुरस्कार पाउनेहरुमा गोरखापत्र दैनिक दाङकी सविता शर्मा, सामुदायिक सूचना नेटवर्क बाँकेका लीलाप्रकाश चन्द, जनता टेलिभिजन मकवानपुरका रामकुमार रिजाल र अनलाइन खबर बाग्लुङका विश्वास बुढाथोकी छन् ।

उनीहरुले जनही ५० हजार प्राप्त गरेका छन् । युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मा, राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिव केशवकुमार विष्ट, उपाध्यक्ष पीताम्बर तिमल्सिना लगायतले उनीहरुलाई पुरस्कारबाट सम्मान गरे ।

कार्यक्रममा खेलकुदमन्त्री विश्वकर्माले यस किसिमको सम्मानले खेलाडीमा आत्मबल बढ्ने विश्वास व्यक्त गर्दै खेल क्षेत्रमा भएका कमीकमजोरीलाई सुधार्दै लैजाने बताए ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]