Dabali News

गेटा मेडिकल कलेजको निर्माणकार्य तीव्रता गतिमा, अबको केही वर्षभित्रै पठनपाठन सुचारु हुने

१४ मंसिर

कैलाली । गेटास्थित निर्माणधीन मेडिकल कलेजको पूर्वाधार निर्माणको कार्यले तीव्रता पाएको छ ।

सुदूरपश्चिम प्रदेशमा मेडिकल शिक्षाको समृद्धिसँग जोडिएको कलेजको पूर्वाधार निर्माणले तीव्रता पाउँदा आगामी केही वर्षभित्रमै पठनपाठन सुचारु हुनेछ ।

सरकारले विसं २०६६ मा कैलालीको गेटामा मेडिकल कलेज स्थापनाको घोषणा गरेकोमा झन्झटिलो प्रक्रियाका कारण निर्माण कार्य भने २ वर्ष अघिदेखि शुरु भएको थियो ।

मेडिकल कलेजका निर्माणाधीन अस्पताल भवनको पहिलो चरणको काम अन्तिमचरणमा पुगेको कलेज पूर्वाधार निर्माण विकास समितिका कार्यकारी निर्देशक हेमराज पुजाराले जानकारी दिए ।  अस्पताल भवनका बाँकी ३ तलासहित अन्य ७ वटा संरचना निर्माणका लागि हालै बोलपत्र आह्वानसमेत भइसकेको छ ।

पहिलो चरणमा कलेजको ३ तले अस्पताल भवन निर्माणको काम आगामी एक वर्षभित्र पूरा हुन लागेको निर्माण कम्पनीका इञ्जिनीयर शिव कार्कीले बताए । कलेजका लागि २ तलाको र ३ तलाको गरी २ वटा छुट्टा छुट्टै भवन निर्माणाधीन रहेकोमा ५५ प्रतिशत निर्माण कार्य पूरा भइसकेको छ ।

५ तलाका २ वटा छात्रवास भवनको काम पनि करीब ४० प्रतिशत पूरा भइसकेको छ । आउने पुस महीनाभित्रमा भवनको काम पूरा हुने बताइएको छ । चिकित्सकको आवास गृहको रुपमा ८ वटा भवन निर्माण गरिनेछ । अन्य कर्मचारीको आवासका लागि ३ वटा छुट्टै भवन निर्माण गर्न लागिएको छ । मेडिकल कलेज परिसरको मूल बाटोलाई यसवर्ष ग्राभेल गर्न लागिएको छ ।

कलेज निर्माणस्थलको उत्तर तर्फ रहेको नदीको नियन्त्रणको कामका साथै नदी किनारमा नयाँ सडक निर्माणको काम पनि सँगसँगै भइरहेको छ । चालु वर्षमा फोहर व्यवस्थापन र पानी व्यवस्थापनको कामका लागि बोलपत्र आह्वान गर्न लागिएको छ । गेटा मेडिकल कलेज ६ सय शैयाको निर्माण गर्ने लक्ष्य रहेको छ ।

कलेजको पहिलो चरणमा निर्र्माणधीन अन्य कतिपय भौतिक पूर्वाधारको काम आर्थिक वर्ष २०७७÷७८ मा पूरा गर्ने लक्ष्य छ । भौतिक संरचना निर्माणका लागि हालसम्म ३ अर्ब ५ करोडको ठेक्का भइसकेकोमा चालु आर्थिक वर्षमा थप १ अर्ब बराबरका संरचना निर्माणका लागि ठेक्का दिइएको छ ।

कलेजका अस्पताल भवन लगायतका संरचनाको निर्माणमा शर्मा राजेन्द्रकुमार कम्पनी, लुम्बिनी कुमार केएस् र रविना कन्ट्रक्सन प्रालि संलग्न छन् । कलेज निर्माणका लागि सरकारले छुट्याएको ५१.८ हेक्टर जग्गामा रुख कटानीका लागि भएको ढिलाइ लगायतका कारणले पूर्वाधार निर्माणको काम पनि ढिलो शुरु भएको हो ।

कलेजको भोग अधिकारमा रहेको जग्गामध्ये झण्डै ६ बिगाहा जग्गामा मुक्तकमैया परिवारको बसोवास छ । उनीहरुलाई समयमै अन्यत्र पुनः स्थापन गर्ने सवालमा सम्बन्धित निकायले ध्यान नदिँदा उक्त ठाउँमा संरचनाको निर्माण कार्य भने अन्योलमा छ ।

‘‘मुक्तकमैया बसेको उक्त जग्गामा मेडिकल कलेज अन्तर्गतको ट्रमा सेन्टर लगायतका संरचना निर्माण गर्ने योजना छ, कार्यकारी निर्देशक पुजाराले भने,“तर सम्बन्धित नगरपालिकाले उनीहरुलाई अन्यत्रै बसोवास गराउन अहिलेसम्म पहल नगर्दा संरचना निर्माणमा समस्या सिर्जना हुने देखिएको छ ।”

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]