Dabali News

आज धनगढी रंगशालामा नेपथ्यको लाईभ कन्सर्ट हुदै

१३ मंसिर

काठमाडौं । नेपाली लोक आधुनिक सांगीतिक क्षेत्रमा बेग्लै उचाई र विशिष्टता कायम गर्न सफल सांगीतिक समुह नेपथ्यले आज धनगढी रंगशालामा आफ्नो प्रस्तुती देखाउने भएको छ ।

पप गितलाई लोक लय र नेपाली मौलिक लोकगितलाई लोक रक लयमा ढालेर नेपालीगित संगितलाई अन्तर्राष्ट्रियकरण गर्दै आएको चर्चीत नेपथ्य व्याण्डको रंगशालामा हुने लाईभ कन्सर्टको सम्पूर्ण तयारी पुरा भएको कार्यक्रम संयोजक दाताराम घिमिरेले बताए ।

मंसिरको पहिलो साताझापाको बिर्तामोडबाट शुरु भएको कन्सर्टयात्रा धरान, बुटवलमा सम्पन्न भई सकेको छ । आज बिहिबार कैलालीको धनगढीमा सम्पन्न हुदैछ ।

केही समयअघि काठमाडौं र सिक्किमका दर्शकहरु सामु प्रस्तुत भइसकेको व्याण्डले आफ्नो स्थापनाको २५ औं वर्ष मुलुकका अन्य भागका संगीत प्रेमीसँग पनि मनाउने उद्देश्यले यो कार्यक्रम तय भएको हो ।
कन्सर्ट आज बेलुकी ५ :४५ मा शुरु हुनेछ । दाताज ईभेन्ट र म्यानसन नेपालको आयोजना तथा दारी ग्याङ धनगढीको सहयोगमा कन्सर्ट आयोजना हुदैछ ।

नेपथ्यको पहिलो एल्बम नेपथ्य देखि ऐना झ्याल एल्बममा समावेश गितहरु सबै उमेर समुहका नेपाली माझ लोकप्रिय छ । धनगढीमा यो ८ वर्षपछि हुदैछ । कन्सर्टमा ६ हजार दर्शकहरुको सहभागीता रहने आयोजकले जनाएको छ । कन्सर्टमा टिकट दर १ हजार रुपैयाँ रहेको छ ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]