Dabali News

यस्तै छ मेरो देश

देश यस्तै छ
मेरो देश यस्तै छ
कहि कतै आढि छ
कहि कतै बाढी छ
कतै उठिबास छ
कतै मधुमास छ।
 
कतै मरिने त्रास छ
कतै भोकको बिलास छ
एकातिर संकट छ
अर्को तिर सकार विघटन छ
कतै शान्तिको बुद्ध छ
कतै असान्ती को युद छ
कतै भारी बर्षा छ
देश यस्तै छ
मेरो देश यस्तै छ।
 
न बाच्नुको अर्थ
न भन्नुको अर्थ
चेतनाहिन सकार सामु
मानबिय एकता छैन
राम्रो नराम्रो ममता छैन
 
देश यस्तै छ
मेरो देश यस्तै छ
 
न बिकास छ
न निकास छ
अशान्तीले देश नै बन्द छ
कुनै भाव छैन
सबै कुरा अभाव छ
न सरकारको आस छ
देश त्यसै उदास छ
सुबिधा आफै सग हतास छ
 
इतिहास हेर्दा राम्रो छ
हिजो जहाँ स्वर्ग थियोे
त्यहि आज सरकार सुनसान छ
न्यायको लागि आन्दोलन घमासान छ
देश यस्तै छ
यस्तै छ मेरो देश
 
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]