Dabali News

Ad

मौसम पूर्वआनुमान महाशाखाका अनुसार केही दिन तापक्रम स्थिर रहने

१४ माघ

काठमाडौँ । काठमाडौँ उपत्यकामा आज न्यूनतम तापक्रम घटेर २.३ डिग्री सेल्सियस पुगेको छ ।

न्यूनतम तापक्रम घटे पनि तुलनात्मक रुपमा चिसो कम हुँदै जाने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अबको तीन दिनसम्म पानी नपर्ने तापक्रम ३ डिग्रीको हाराहारीमा रहनेछ । आज पश्चिम तराई भेगमा बाक्लो हुस्सु लागेको र अपराह्नपछि त्यो हटने पाँच दिनयता निकै चिसो बढे पनि केही न्यानो महसुस हुने बताइएको छ ।

यसअघि गत पुस २३ गते यस वर्षकै कम न्यूनतम तापक्रम ० डिग्रीमा झरेको थियो ।

माघ १० गते सुदूरपश्चिमबाट पश्चिमी न्यून चापीय प्रणाली नेपाल प्रवेश गरेका कारण अधिकांश भूभागमा हल्का वर्षा हुँदा उच्च पहाडी र हिमाली भेगमा मध्यमखालको हिमपात भएको थियो ।

वर्षातका कारण काठमाडौँको न्यूनतम तापक्रम बढेर ६ डिग्रीभन्दा माथि पुगेको थियो । त्यसयता शनिबारसम्म न्यूनतम तापक्रम बढे पनि काठमाडौँसहित देशभर चिसो बढेको थियो ।

शनिबार काठमाडौँको न्यूनतम तापक्रम ३.३ डिग्री पुगेको थियो । महाशाखाको पछिल्लो विवरणअनुसार आज सबैभन्दा कम जुम्लामा ५ र सबैभन्दा बढी दिपायलमा २३ डिग्री सेल्सियस तापक्रम छ ।

Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]