Dabali News

महानगर सफाइ अभियानमा ब्रुमरको प्रयोग गर्न शुरु

९ मंसिर

काठमाडौं । काठमाडौं महानगरपालिकालाई धूलोधूवाँमुक्त गराउन भन्दै सहरी सौन्दर्य प्रवर्द्धन कार्यक्रम शुरु गरिएको छ ।

महानगरले मैतीदेवीस्थित सडकमा शनिबार ब्रुमर प्रयोग गरी सफा गरेको छ । त्यसका लागि विभिन्न स्थानमा ग्रिनरी तथा आइल्याण्ड बनाउने, नालीको फोहोर हटाउने र जेट मेसिनले सडक सफा गर्ने काम शुरु भएको छ ।

महानगरले थप ५ ब्रुमर खरिद प्रक्रियासमेत अघि बढाएको छ । वातवरण व्यवस्थापन विभागका निमित्त प्रमुख हरिकुमार श्रेष्ठले सफाई अभियान हरेक शनिबार सञ्चालन गरिने छ ।

मेयर विद्यासुन्दर शाक्यले रत्नपार्कमा उदघाटन गरेको अभियान बागबजार, मैतीदेवी हुँदै सिनामंगलसम्म पुगेको थियो ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]