Dabali News

नेकपाको विशाल जनसभामा प्रवासबाटै एक्येवद्धता, सहभागीप्रति अाभार (विज्ञप्तिसहित)

९ मंसिर

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीले पुनर्गठन दिवस मनाईरहँदा विदेशी भूमिमा रहेका नेपालीले पनि एक्येवद्धता जाहेर गरेका छन् । पार्टी निकट अन्तर्राष्ट्रिय ब्यूरो अन्तरगत प्रवासी संगठनहरुले विज्ञप्ति निकालेर काठमाडौंमा सम्पन्‍न जनसभामा एक्येवद्धता जाहेर गरेका हुन् ।

कतारस्थित नेपाली जनप्रगतिशील मोचाका अध्यक्ष धनबहादुर भण्डारी ‘शिशिर’ र महासचिव जयकिशोर पोद्दारले संयुक्त विज्ञप्ति जारी गरेर पार्टी पुर्नगठन दिवसमा आयोजित जनसभामा भौतिक रुपमा उपस्थित हुन नसकेको भन्दै एक्येवद्धता जाहेर गरेका छन् ।

“महान् जनयुद्ध र तमाम मुक्तिकामी आन्दोनले स्थापित गरेका मूल्य र मान्यताहरुको रक्षा र विकास गर्ने नेतिक अधिकार नेपाल कम्युनिस्थ पार्टी बाहेक अरु कसैलाई छैन । मान तथा गौरवशाली पार्ठीको वैज्ञाविनक र वस्तुवादी संश्लेषणसहित २१ औ शताब्दीको मौलिक जनक्रानित–एकीकृत जनक्रानित वैज्ञानिक मार्ग निर्देशन र वैज्ञानिक समाजवादी सत्ता स्थापनाको स्पष्ट उद्देश्यसहित अगाडि बढिरहेको छ । यस्तो परिस्थितिमा २०७५ मंसिर ८ गते पार्टीको पार्टी पुनर्गठन दिवसको उपलक्ष्ष्मा पार्टीको आयोजनामा भएको विशाल जनसभामा दुःख र सुखको भुमरीको बीचबाट उपस्थित तपाई सम्पूर्ण आम जनसमुदायप्रति हार्दिक अभार प्रकट गर्दछ । यो जनसागरमा भौतिक रुपमा मोर्चाको तर्फबाट उपस्थित हुन नसकेपनि नेपाली जनप्रगतिशील मोर्चा कतार आजको कार्यक्रमलाई पूर्ण एक्येवद्धता जाहोर गर्दछ” विज्ञप्तिमा भनिएको छ ।

कतारमा ४ लाखभन्दा बढी नेपाली कामदार रहेको बताउँदै विज्ञप्तिमा उनीहरुको हक हित र अधिकारको लागि संगठन लागिरहेको पनि बताइएको छ ।

त्यसैगरी नेपाली जनप्रगतिशील मोर्चा साउदीले पनि विज्ञप्ति जारी गरेर जनसभामा एक्येवद्धता जाहेर गर्दै सहभागीलाई आभार प्रकट समेत गरेको छ । मोर्चाका भानु प्रदेशी र महासचिव टिकाराम वलि ‘सुरेश’ ले संयुक्त रुपमा विज्ञप्ति जारी गरेका छन् ।

त्यस्तै नेपाली जनसरोकार समाज, हङकङले पनि पार्टी पुनर्गठन दिवसको अबसरमा आयोजित जनसभाप्रति एक्येवद्धता जाहेर गरेको छ । समाजका अध्यक्ष किशोर महराले विज्ञप्ति जारी गरेका छन् ।

वैदेशिक रोजगारी र पेशा र अध्ययनको लागि विभिन्न देशमा पुगेका नेपालीहरुले गणतन्त्रमा आएपनि आफूहरुले त्यो महशुस गर्न नपाएरै विदेशीको भन्दै नयाँ क्रान्तिको आवश्यकता भएको बताउँदै आएका छन् । उनीहरुले नेपाल कम्युनिस्ट पार्टीको नेतृत्वमा हुने आन्दोलनमा आफ्नो पूर्ण समर्थन र एक्येवद्धता जाहेर गर्दै आएका छन् ।

 

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]