Dabali News

राजधानीमा दर्जनौं भाषाका कविहरुको एउटै मंचबाट धमाकेदार प्रस्तुति

९ मंसिर

काठमाडौं ।

नेपालभारत काव्य सन्ध्याको मंचबाट हिन्दी र नेपाली कविताको धमाकेदार प्रस्तुति भएको छ । राजधानी स्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित नेपालभारत काव्य सन्ध्यामंचमा नेपाली, हिन्दी, बंगाली, गुजराती लगायतका भाषामा कविता वाचन भएका छन् ।

हिमालिनी हिन्दी  मासिक पत्रीका र नेपाल प्रज्ञा प्रतिष्ठानको संयुक्तआयोजनामा संचालनभएको काव्य सन्ध्यामा नेपाल र भारतका साहित्कारले आफ्नो रचना प्रस्तुत गरेकाथिए ।

उक्त कार्यक्रममा छिमेकी मुलुक भारतको विभिन्नप्रदेशबाट ४० जनाप्रतिभावान साहित्कारहरुले आफ्ना रचनाहरु प्रस्तुत गरेकाथिए । साथै नेपालकाकविहरूले पनिविभिन्नविषय र शिर्षकमाआफ्नाकविता र रचनाहरु प्रस्तुत गरेकाथिए ।

हिमा लिनी पत्रिकाको सम्पादक डा. श्वेतादीप्तिले पनि हिन्दी भाषामाआफ्नाकवितावाचन गरेकीथिइन । त्यस्तै नेपाली कवयत्रीहरुमा बिनाथिङ, विमलातुम्खेवा, वसन्तचौधरी, विश्वविमोहनश्रेष्ठ, किशोर पहाडी, विधानआचार्य, राजेन्द्र शलभ र सन्ध्या पहाडीले आफ्ना रचनाहरु प्रस्तुत गरेकाथिए ।

कवि तथा गीतकार वसन्त चौधरीले हिन्दीगजल प्रस्तुतगर्दा सभाहल नैं गुञ्जमानभएको थियो भने विभिन्न भाषाका श्रष्टाहरुले आफ्नो प्रस्तुतिले श्रोतालाई आकर्षित पारेकाथिए ।

त्यस्तै काव्य सन्ध्यामाअतिथिको रुपमाभारतबाट आएकाकश्मिरदेखि केरलासम्मका साहित्कारले हिन्दी, बंगाली र गुजराती लगायतका भाषामा रचना तथा कविताहरु प्रस्तुत गरेकाथिए ।
भारतको गुजरातबाट डा. उषाउपाध्यायले गुजरातीमाआफ्नो प्रस्तुतिदिएकीथिइनभने विणा बुद्धकी, अच्युतानन, किरण कुमारी, पुण्यादेवी, परवेज हुसैन, रंजितगुगोई, मितालीभट्टाचार्य, वन्दनाश्रीवास्तव, धनाकर ठाकुरले कविता सुनाएकाथिए ।

विभिन्नआरोह र अवरोहलाई पार गर्दै नेपालबाट लगातार २० वर्षदेखि प्रकाशितहुँदै आइरहेको हिमालिनीहिन्दीपत्रिकाको कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपतिगंगाप्रसादउप्रतीले प्रशंसा तथाअभार व्यक्त गरेका छन् ।

भारतबाट आएको साहित्कारहरुको टोलीको प्रमुख डा. रामचन्द्र रायले नेपालबाट प्रकाशितहिन्दीपत्रिकाहिमालिनीका सम्पूर्ण परिवारलाई शुभकामनाव्यक्त गरेकाथिए ।

कार्यक्रममाहिमालिनीकाप्रवन्धनिर्देशक सच्चिदानन्दमिश्र, हिमालिनीकी सम्पादिकाश्वेतादीप्ति, प्रज्ञा प्रतिष्ठानका सदस्य सचिवजगतप्रसादउपाध्यायलगायतकाश्रष्टाले आफ्नामन्तव्यव्यक्त गरेकाथिए ।

कार्यक्रममा नेपालतथाभारतका साहित्कार, कवि, पत्रकार , राजनीतिकर्मी लगायतविभिन्न पेशाकागन्यमान्य साहित्य अनुरागीहरुको उपस्थिती रहेको थियो ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]