Dabali News

काठमाडौँमा राप्ती-धौलागिरीका युवाहरुको नाराः आदेश देउँ विप्लव दाई, युद्ध लड्न तयार छौं (भिडियोसहित)

८ मंसिर

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले पुर्नगठन दिवसका अबसरमा काठमाडौँमा आयोजना गरेको विशाल जनसभाको र्याली सुरु भएका छन्

। काठमाडौँका विभिन्न स्थानहरुबाट र्याली सुरु भएका छन् ।

देशका विभिन्न कमाण्ड, ब्यूरो र जिल्लाबाट आएको नेता, कार्यकर्ता, समर्थक र सर्वसाधारण र्यालीमा सहभागी छन् । ठाउँठाउँबाट निकालिएका जुलुस मुख्य प्रदर्शनमा सहभागी हुनेछन् ।

भृकुटीमण्डपमा आयोजना गरिएको जनसभालाई पार्टीका स्थायी समिति सदस्य तथा प्रवक्ता प्रकाण्डले सम्बोधन गर्नेछन् । त्यसैगरी पार्टीका अन्य नेताहरुसँगै नेकपा मालेका महासचिव सीपी मैनाली, माओवादी केन्द्रका अध्यक्ष गोपाल किराती, नेकपाका अध्यक्ष ऋषि कट्टेललगायत नेताहरुले पनि सभालाई सम्बोधन गर्ने भएका छन् । उनीहरुलाई पार्टी पुर्नगठन दिवसको अबसरमा शुभकामना दिन नेकपाले निम्तो दिएको हो ।

यसैबीच राप्तीका विभिन्न जिल्लाहरुबाट जनसभामा सहभागी हुन काठमाडौँ पुगेकाहरुले नयाँ बसपार्कबाट र्याली स्रोहखुट्टे पुगेको छ । राप्ती र धौलागिरीबाट काठमाडौँ पुगेका रातो ड्रेस लगाएका युवाहरुले सरकारविरुद्ध चर्को नाराबाजी गरेका छन् । उनीहरुले ‘आदेश देउ विप्लव दाई, युद्ध ड्न तयार छौं’ जस्ता नारा पनि लगाइरहेका छन् ।

भिडियो

युवाहरुको नाराः आदेश देउँ विप्लव दाई, युद्ध लड्न तयार छौं

युवाहरुको नाराः आदेश देउँ विप्लव दाई, युद्ध लड्न तयार छौं

Online Dabali यांनी वर पोस्ट केले शुक्रवार, २३ नोव्हेंबर, २०१८

राप्तीका युवाहरुको काठमाडौंमा नारा-अादेश देउ विप्लव दाई युद्ध लड्न तयार छौं

राप्तीका युवाहरुको काठमाडौंमा नारा-अादेश देउ विप्लव दाई युद्ध लड्न तयार छौं

Online Dabali यांनी वर पोस्ट केले शुक्रवार, २३ नोव्हेंबर, २०१८

  • भिडियो/फोटो खगेन्द्र केसी
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]