Dabali News

Ad

ऐतिहासिक रानीमहलमा आधारित चलचित्र रानीमहल निर्माण हुने

१२ माघ

काठमाडौँ । स्वस्तिक फिल्मस् प्रालिको ब्यानरमा रानीमहल निर्माण हुने भएको छ ।

त्रिकोणात्मक प्रेमकथामा आधारित चलचित्रमा अति नै मित्रता रहेका दुई साथीका बीचमा एक युवतीको प्रवेश भएपछि सम्बन्धमा चिसोपनका साथै प्रेमी र पे्रमिकाबीच हुनुपर्ने निः स्वार्थ भावना र सहयोगबारे सन्देश दिने छ ।

वेदप्रसाद भुसालको निर्माणमा रहेको चलचित्रको पटकथा दीपक पौडेलले तयार पारेका छन् भने हिमाल न्यौपानेले निर्देशन गरेका छन् ।

सुन्दर भुसालले नेपाली मौलिकतामा बनाइने चलचित्रले प्रेम कथाका साथै प्रेमको प्रतीकका रुपमा रहेको पाल्पाको रानीमहलको ऐतिहासिक पक्षलाई पनि उजागर गर्ने जानकारी दिए ।

एक करोड ५० लाखको लागतमा निर्माण हुने चलचित्र करिब एक सातापछि पाल्पा, बुटवल, पोखरा, भैरहवा र काठमाडौँमा दृष्यांकन गरी दुई महिनाको समयमा निर्माण सम्पन्न गरिने बताइएको छ ।

हलिउडमा प्रयोग हुँदै आएका क्यामरा तथा प्रविधिलाई पहिलोपटक नेपाली चलचित्रमा प्रयोग गर्न लागिएको आयोजकले जनाएका छ ।

Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]