Dabali News

चलचित्र लभ स्टेशनको ‘इन्ड क्लाप’

६ मंसिर

काठमाडौं । चर्चित जोडी प्रदीप खड्का र जसिता गुरुङ अभिनित चलचित्र ‘लभ स्टेशन’को बुधबार बेलुका ललितपुरको गोदावरी रिसोर्टमा ‘इन्ड क्लाप’ गरिएको छ ।

तिहार अघि बाँकी रहेको ३ दिनको क्लाईमेक्स फाईट सकेर केक काट्दै फिल्मको क्लाप इन्ड गरिएको हो ।
चलचित्रलाई उज्ज्वल घिमिरेले निर्देशन गरेका छन् । निर्देशक घिमिरेका अनुसार फिल्मको सबै दृष्यको छायाँकन सकिएको छ ।

अब बाँकी दुई गीत मध्ये हिउँ राम्ररी परेपछि एउटा गीतको मनाङमा र अर्को गीत आगामी अंग्रेजी नयाँ वर्षको छेका पारेर जापानमा छायाँकन गरिने भएको छ ।

चलचित्रको फस्ट लुक्ससँगै केही दिनमै रिलिज मिति घोषणा गरिने यसका प्रस्तुतकर्ता गोविन्द शाहीले बताए । प्रेमकथामा आधारित यो चलचित्रको दर्जिलिङ, कलिङपोङ, मिरिक, फिक्कल, कन्याम, इलाम, श्रीअन्तु हुँदै काठमाडौं उपत्यकामा छायाँकन गरिएको थियो ।

लभ स्टेशनमा प्रदीप खड्का, जसिता गुरुङ, रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, बिनोद कुमार पौड्याल, प्रिया रिजाल, सरु बिष्ट, रवी डंगोल, दिनेश काफ्ले, कालु रानासहितको मुख्य भूमिका छ । लभ स्टेशनलाई काफिया फिल्मस्को व्यानरमा काफिया शाही (क्रिसु) र कविरबिक्रम शाहीले निर्माण गरेका हुन् ।

आलोक शुक्लाको छायाँकन रहेको लभ स्टेशनमा शम्भुजीत बासकोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत रहेको छ । यो चलचित्रको निर्माण नियन्त्रकमा राजेन्द्र रावल छन् ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]