Dabali News

जनयुद्धका घाइते कुलप्रसादले गृहमन्त्री बादलकै अगाडि यसकारण विष खाए, आइसियुमा उपचार हुँदै

५ कात्तिक

काठमाडौँ । जनयुद्धका घाइते कुलप्रसदा भट्टराई ‘कुसुम’ ले गृहमन्त्री रामबहादुर थापाकै अगाडि विष सेवन गरेका छन् । गृहमन्त्री थापालाई भेट्न बुधबार गृहमन्त्रालयमै पुगेका कुसुमले दिउँसो ३ बजेतिर विष सेवन गरेका हुन् ।

कालिकोट सान्नी त्रिवेणी गाउँपालिका–६ स्थायी घर भएका कुसमको शरीरका विभिन्न भागमा गोली र छर्रा समेत रहेका छन् । उनीलाई अयोग्य घोषित गर्दै ब्यारेकबाट घर फर्काइएको थियो । बहिर्गमित जनमुक्ति सेना नेपालका केन्द्रीय सदस्य समेत रहेका कुसुमले उपचारको लागि सरकारसँग पटकपटक आग्रह गरेका थिए । तर, कुनै सुनुवाई भएको थिएन । संगठनले बहिर्गमित जनमुक्ति सेनको उपचारको लागि सरकारसँग माग राख्दै लामो समयदेखि संघर्ष छ तर अहिलेसम्म कुनै सुनुवाई भएको छैन ।

बहिर्गमिन जनमुक्ति सेना नेपालका केन्द्रीय महासचिव राजन थापा ‘सुवास’का अनुसार बुधबार पनि कुसुमले गृहमन्त्रीसँग कुसुमले आफ्नो उपचारको लागि आग्रह गरेका थिए । तर, फेरि आश्वासन मात्रै पाएपछि मन्त्रालयभित्रै गृहमन्त्रीकै अगाडि खल्तीबाट विष निकालेर सेवन गरेका थिए ।

विष सेवनबाट घाइते कुसुमलाई तत्काल वीर अस्पतालको इमरजेन्सीमा भर्ना गरिएको तर आईसियु खाली नभएकोले महाराजगंजस्थित प्रहरी अस्तापल भर्ना गरिएको छ । इमर्जेन्सीमा डा. नविन चौधरीले हेरका थिए भने आइसियुमा डा. सक्षम केसीको टोलीले हेरिरहेको छ ।

बहिर्गमित जनमुक्ति सेना नेपालका उपाध्यक्ष केवी रम्तेल ‘सम्राट’ जनयुद्ध लडेको योद्धा उपचार नपाएर विष सेवन गर्नुपर्ने अवस्था दुःखद् भएको बताए । उनले जसको रगतले नेताहरुलाई राज्य संचालनमा पुगे तर उनीहरुले नै जनयुद्धका घाइतेलाई बेवास्ता भएको भन्दै दुःख व्यक्त गरे ।

कुसुमले आत्महत्या गर्ने उद्देश्यले नै विष सेवन गरेको उनका सहकर्मीहरु बताउँछन् । उनका स्वास्थ्य अवस्था कमजोर हुँदै गएपनि उपचार हुन सकेको थिएन ।

उपचार संलग्न चिकित्सकका अनुसार कुसुमको स्वस्थ्य अवस्था विस्तारै सुधार भइरहेको छ ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]