Dabali News

फ्रान्सेली राजदूत र गृहमन्त्री थापाबीच शिष्टाचार भेटवार्ता

४ मंसिर

काठमाडौं । गृहमन्त्री रामबहादुर थापासँग नेपालका लागि फ्रान्सका राजदूत फंसोआ जाविये लेजेले आज शिष्टाचार भेटवार्ता गरेका छन् ।

गृहमन्त्रालयमा भएको सो भेटमा नेपाल-फ्रान्स सम्बन्ध, द्धिपक्षीय हित र आपसी सहकार्यका विषयमा छलफल भएको थियो । भेटमा गृहमन्त्री थापाले नेपालको विकासमा फ्रान्सले गर्दै आएको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा समेत सहयोगले निरन्तता पाउने विश्वास व्यक्त गरे ।

नेपालमा लगानी गर्ने अहिले उपयुक्त समय रहेको भन्दै गृहमन्त्री थापाले नेपालको जलविद्युत, पूर्वाधार, पर्यटन लगायतका क्षेत्रमा फ्रान्सेली लगानीकर्तालाई लगानीका लागि आवश्यक समन्वय गरीदिन राजदूत लेजेलाई आग्रह गरे ।

उनले संयुक्त राष्ट्रसंघीय शान्ति मिशनमा जाने नेपाली केही सुरक्षाकर्मीलाई फ्रान्सले फ्रान्सेली भाषा सिकाउन गरेको सहयोगप्रति राजदूतमार्फत फ्रान्स सरकारलाई धन्यवाद व्यक्त गरे ।

उनले सुरक्षाकर्मीलाई तालिम र विपद व्यवस्थापनका लागि आवश्यक सामाग्रीमा सहयोगका लागि आग्रह गरे । राजदूत लेजेले केही समयअघि नेपाल र फ्रान्सका सांसदहरु रहेको समूह निर्माण भएको बताउँदै यसले दुई देशबिच थप सम्बन्ध विस्तारमा सहयोग पुग्ने विश्वस व्यक्त गरे ।

नेपालमा वर्षेनी ३० हजार बढी फ्रान्सेली पर्यटकहरु भ्रमण आउने गरेको र उनीहरुको सुरक्षाबारे चासो व्यक्त गर्दै राजदूत लेजेले हालसम्म नेपालले फ्रान्सेली पर्यटकहरुलाई दिँदै आएको सुरक्षाबाट आफुहरु सन्तुष्ट रहेको बताए ।

विपद व्यवस्थापन लगायतका अन्य क्षेत्रमा नेपाललाई सहयोग गर्न आफूहरु तयार रहेको उनले बताए ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]