Dabali News

विमान खरिदमा भएको अनियमितताबारे छानबिन गर्न माग

४ मंसिर

काठमाडौं । नेपाली कांग्रेसका सांसद मिनेन्द्र रिजालले नेपाल वायु सेवा निगमले वाइड बडी विमान खरिद गर्दा अनियमितता भएको भन्दै त्यसको छानबिन गर्न संसदको सार्वजनिक लेखा समितिको बैठकमा माग गरेका छन् ।

उनले कांग्रेस पार्टीको बैठकले नै वाइड बडी खरिदमा अनियमितता भएको ठहर गरेकोले यसको खरिद प्रकृयामा छानबिन हुनुपर्ने बताए ।

‘हरेक दिन जसो मिडियामा विमान खरिदमा अनियमितता भएको भनेर कुरा उठिरहेको छ । यस्तोमा हामी चुपचाप लागेर बस्न मिल्दैन । छानबिन गर्नुपर्छ’-उनले भने ।

सोमबार चाडबाडको समयमा चिनी लगायतका उपभोग्य वस्तुको बजार भाउ नियन्त्रण गर्ने विषयमा गठित उपसमितिले पेश गरेको प्रतिवेदनमाथि छलफल गर्न बसेको बैठकमा सांसद रिजालले विमान खरिदको विषय उठाएका हुन् ।

सार्वजनिक लेखा समितिमा नेपाली कांग्रेसकै सांसद भरतकुमार शाह अध्यक्ष रहेका छन् ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]