Dabali News

गुगल म्याप प्रयोग गर्नुहुन्छ, हरेक मुभ गुगलसँग स्टोर छ, कसरी गर्ने डिलिट गर्ने ?

३ मंसिर

काठमाडौं । लोकेशन, अडियो सर्चदेखि लिएर विभिन्न किसिमका जानकारीहरु लगातार ट्रयाक गुगलमा हुन्छ ।

गुगल तपाईँ हाम्रो पर्सनल लाइफमा धेरै हदसम्म घुसीसकेको छ । यसमा दुईमत छैन कि यो सबै कुराहरुका लागि तपाईँले गुगललाई अनुमति दिनुहुन्छ ।

तर पनि यदी तपाईँको ट्रयाक रेडर्क कम्पनीसँग छ भने समस्या बन्न सक्छ । गुगल म्याप प्रयोग गर्नुहुन्छ भने तपाईँको हरेक मुभ गुगलसँग स्टोर छ ।

तपाईँ कहाँ जानुहुन्छ ? कति समय बिताउनुहुन्छ ? अथवा कुन ट्रान्सपोर्ट प्रयोग गरिरहनु भएको छ यो सबै कुराको जानकारी गुगलसँग स्टोर हुन्छ । तर तपाईँले चाहनुभयो भने यसलाई डिलीट पनि गर्न सक्नुहुन्छ ।

सबैभन्दा पहिले तपाईँले गुगल म्यापको टाइमलाइनमा गएर आफ्नो जीमेल आईडीसँग लगइन गर्नुपर्छ । त्यसपछि त्यहाँ तपाईँले आफू कहिले कहाँ गएको थिए सबै कुरा थाहा पाउन सक्नुहुनेछ ।

तपाईँको मोबाइलमा लोकेशन अन राखेको बेलाका आधारमा लोकेशन हिस्ट्री देखाउने गर्छ । गुगल म्याप प्रयोग गरेको छ या छैन यसले केही फरक पार्दैन । गुगल म्यापको टाइमलाइनमा गएर तपाईँलाई थुप्रै अप्सन मिल्ने छ ।

म्यानेज लोकेशन हिस्ट्रीको पनि अप्शन हुन्छ । त्यहाँ क्लिक गरेमा थप केही अप्शन देखिन्छ । त्यहाँबाट गुगल लोकेशन ट्रैकिंगलाई रोक्न सकिन्छ ।

अथवा त्यहाँ सबै लोकेशन हिस्ट्री डिलीट गर्ने पनि अप्शन रहेको छ । जसलाई प्रयोग गरेर तपाईँले आफ्नो लोकेशन हिस्ट्री डिलिट गर्न सक्नुहुन्छ । यदि तपाईँले चाहेमा त्यहाँ दिइएको ऐक्टिविटी पेजमा गएर लोकेशन हिस्ट्रीलाई अफ गर्नसक्नुहुन्छ ।

यदि तपाईँलाई लोकेशन हिस्ट्री जरुरी छ भने त्यहीबाट अन गर्न सकिन्छ । लोकेशन हिस्ट्रीका आधारमा गुगलले तपाईँलाई सजेशन दिन्छ । यदि तपाईले लोकेशन हिस्ट्री डिलीट गर्नुभयो भने यस्तो सजेशन प्राप्त हुन भने बन्द हुनेछ ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]