Dabali News

रणवीर र दीपिका विवाहपछि मुम्बई फर्किए, अब महंगो अपार्टमेन्टमा बस्ने

३ मंसिर

काठमाडौं । १४ र १५ नोभेम्बरमा विवाह गरेका बलिउड कलाकार नायक रणवीर सिंह र नायिका दीपिका पादुकोण मुम्बई फर्किएका छन् ।

इटालीमा सिमित आफन्तको साथमा विवाह गरेका उनीहरु आइतबार बिहान मात्रै मुम्बई फर्किएका छन् ।

उनीहरुले मिडिया र फ्यानलाई अभिवादन गरे । सिउँदोमा सिन्दुर लगाएर सजिएकी दीपिका आकर्षक देखिएकी थिईन् । उनीहरुले मुम्बई र बैंगलोरमा भव्य भोज दिने भएका छन् ।

यसैविच, दीपिका र रणवीरले मुम्बइको बान्द्रा इलाकामा ५० करोडको घर किनेको चर्चा भारतीय मिडियामा चलेको छ ।

उक्त घरमा बस्ने तयारीमा उनीहरु रहेका छन् । शान्त र समुन्द्रकोसमेत दृश्य देखिने घर खोजेको यो जोडीले महंगो रकम तिरेर घर किनेको छ । ५ वर्षको लामो प्रेम सम्बन्धपछि उनीहरु विवाह गर्ने निर्णयमा पुगेका थिए ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]