Dabali News

आजदेखि राष्ट्रिय परिचयपत्र वितरण शुरु

३ मंसिर

काठमाडौं । संघीय सरकारले आजदेखि राष्ट्रिय परिचयपत्र वितरण शुरु गरेको छ ।

गृह मन्त्रालय मातहतको राष्ट्रिय परिचयपत्र पञ्जीकरण विभागअन्तर्गत पाँचथरबाट परिचयपत्र वितरण शुरु गरिन लागेको हो ।

गृहमन्त्री रामबहादुर थापाले सोमबार फिदिममा आयोजना हुने राष्ट्रिय कार्यक्रममा १०२ वर्षिय भगवतीदेवी भण्डारीलाई परिचयपत्र दिने अनि आफ्नो परिचयपत्र भण्डारीकै हातबाट ग्रहण गर्दै कार्यक्रम शुभारम्भ गर्ने भएका छन् ।

विभागका निर्देशक चोमेन्द्र न्यौपानेका अनुसार कार्यक्रममा गृहमन्त्री, गृहसचिवसहित १ नम्बर प्रदेश प्रमुख, आर्थिक मामिला तथा योजनामन्त्री लगायतको उपस्थिति रहने बताइएको छ ।

पाँचथरमा ५२ हजार सर्वसाधारणसहित सिंहदरबारका ३५ सय कर्मचारीको विवरण परिचयपत्रका लागि संकलन भइसकेको छ ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]