Dabali News

हिमपातसँगै सुदूरपश्मिको पहाडी जिल्ला प्रभावित

१० माघ

बैतडी । हिमपात भएसँगै बढेको चिसोले सुदूरपश्चिमका जनजीवन प्रभावित भएको छ ।

मौसमीे परिवर्तनका कारण सुदूरपश्चिमका अधिकांश पहाडी जिल्लाहरुमा हिमपात भएको छ ।

बैतडीको खोडपे, सतबाँझ लगायतका उच्च हिमाली क्षेत्रमा हिमपात भएको बताइएको छ । त्यस्तै दार्चुलाका उत्तरी क्षेत्रका सबै स्थानमा हिमपात भएको र अपी, राप्ला, घुसा, खण्डेश्वरी, छिङरु, व्यास, टिङकर लगायतका ठाउँमा हिमपात भएको छ ।

चिसोबाटै बच्नका लागि दार्चुलाका उच्च हिमाली क्षेत्रका धेरैजसो बासिन्दा दुई महिना अघि नै सदरमुकाम खलङ्गा झरिसकेका छन् ।

डडेल्धुराको सदमुकाम लगायत भिमदत्त राजमार्गको साहुखर्क, गैरा, हगुल्टे लगायतका स्थानमा हिमपात भएको छ ।

झाङको जयपृथ्वी नगरपालिका पणेश क्षेत्र, धामीलेख, पीठालेख, दौलीचौर, सुर्मा, काँडा लगायतका क्षेत्रमा पनि हिमपात भएको छ ।

हिजो रातिदेखि पानी पर्न सुरु भए पनि हिमपात भने आज बिहानमात्र भएको हो । लेकाली भेगमा भने हिमपात जारी छ ।अछामको पनि उच्च हिमाली क्षेत्रमा हिमपात भएको बताइएको छ ।

बाजुराको बडिमालिका नगरपालिका, बुढीनन्दा नगरपालिका, हिमाली गाउँपालिकामा र त्रिवेणी नगरपालिकाको उच्च हिमाली क्षेत्रमा हिमपात भएको र बर्षासँगै हिउँ परेर चिसो बढे पनि बाली सप्रिने भन्दै किसानहरु खुसी भएको बताईन्छ ।

 

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]