Dabali News

Ad

लाल सलाम कैलासपति महादेवा ! लाष्टै भो, अब त पोइ पाम्

९ माघ

जय शिव सम्भो, हे… कैलासपती, जटाधारी, देवका पनि महादेवा …..लाल सलाम… कामरेड

चिनीबक्सेन…. विगुतधारी प्रभु.. म कमरेड कोमल वली, दरविलो मुठ्ठी कसेर साष्टांग भौतिकवादी लाल सलाम टकारी ।

प्रभुको दरबारमा देर छ, अन्धेर भने छैन् । वर्षाैंदेखि पोइल जान पाम्, पाम् भने हरेक तीजमा शिव गान गाएँ, हरेक साउनमा हरियाँ चुरा हरियै साडीमा सजिएर कुनकुन लिङ्‍गको पुजा गरिन र !

धेरै नास्तिकहरुले, कमनिसले भने– तेरो भगवान निर्दयी छ । न तँलाई सतिदेवी नै बनाउँछ न पार्वती नै बनाउँछ ’ मेरो अटुट स्रद्दा कहिल्यै टुटेन । तब म राजनीति इन्ज्वाइ गर्न के आँखा सन्काएकी थिएँ, प्रभू कामदेव… एकाएक राजनीतिक पार्टीहरु त पोलटाभरी ओइरो ..! ..सोसवै . हजुरकै कृपा थियो…पर्वतराज …. यो गणतन्त्रको सुन्दर उपहार । मौसुफ सरकारबाट राष्ट्रवादीबन्दै बहुदलीय जनवादी म्याराथुन हजुरकै प्रतापका कारण छिटै सम्पन्न गरीँ ।

‘मलमल किरी जुनकिरी …’ अब भने महान पार्टीको गौरवशाली भूमिका संसदिय व्यबस्थाको चुनिन्दा प्राज्ञिक थलो र देश, व्यबस्था र सरकारको नीति निमार्ण गर्ने थलोमा पुगेपछि एक्काइशौंसदीको जनवाद र समाजवादको नयाँ थालनीको अगुवाई जिम्मा पुरा गर्नुपर्ने छ ।
चुनौती भनेका मुर्ख ती आईमाई हुँन जसले जवानीलाई पार्टी र क्रान्ति भनेर इतिहासको हल्लडो समात्छन्, आफ्नै कारण कलाहीन बन्दा पछि परे । भन्न थाल्या छन् ।

यो ‘पोईल जान पाम’ भन्ने अहिले पन्चैबाजा घन्काएर घरमात्र भित्रिन्, चुलोचौको र मूल सन्दुस कै पो साँचो ताल्चा हात पारी भन्ने जडमती छन् । समय फिरेको, ककटेल राजनीति भएको, सक्षमले जे गरे पनि हुन्छ भन्ने बुझदैनन् …. ती गवारहरुले । हे गिरीराज…. यो पर्वत कन्याको दुःखमा साहारा बक्सियोस् बुद्धि र वर्गत पाउँ… सत्रु नास गर्न यसैपनि फलामे औंठी र शनिस्चर पुजा गर्ने नै गरेकै छु… अदृष्यरुपमा नन्दीभृंगीलाई आठपहरिया खटाई बक्सियोस् । सबैले मेरो ब्रत सफल भएकोमा गौरव गरुन र यसलाई राष्ट्रिय पर्व मान्न अझ कमनिसहरुको मति ठिक पारिवक्सियोस् हे…जटाधारी ।

हरहर महादेवा…लालसलाम गिरीराज ।

Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]