Dabali News

ट्‍याक्टर दुर्घटनामा गायक योञ्‍जनको मृत्यु

३० कार्तिक

काठमाडौं । लोकप्रिय सेलो गीत गाएर चर्चामा आएका गायक अमृत लामा योञ्जनको ट्र्याक्टर दुर्घटनामा परी मृत्यु भएको छ ।

आज बिहान करीब ९ बजे दोलखा, विगु गाउँपालिका- बुलुङमा लु ३ त ९७२३ नं.को ट्र्याक्टर दुर्घटना हुँदा त्यसमा सवार सोही स्थानका ४४ वर्षिय गायकको मृत्यु भएको हो ।

भिरमुनि गाउँबाट ढुङ्गा लोड गरी पछाडि जाने क्रममा ट्र्याक्टर सडकभन्दा करीब ३२ फिट तल खसेको इलाका प्रहरी कार्यलय सिँगटीका प्रहरी निरीक्षक नरेशराज मल्लले जानकारी दिए । उनको शव परीक्षणका लागि सदरमुकाम चरिकोट लगिएको छ ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]