Dabali News

कोरियामा मानार्थ नागरिकता पाए तेक्वान्दो खेलाडी क्षेत्री

३० कार्तिक

काठमाडौं । तेक्वान्दो खेलाडी भजिन्द्र क्षेत्रीलाई दक्षिण कोरियाको सोल महानगरपालिकाबाट मानार्थ नागरिकता प्रदान गरिएको छ ।

बिहीबार आयोजित एक समारोहमा उनलाई सोल महानगरपालिकाले यस वर्षको मनार्थ नागरिकता प्रदान गरेको हो ।

कोरियामा रहेर सामाजिक तथा आर्थिक क्षेत्रमा योगदान पुर्याउने विदेशीहरुलाई हरेक वर्ष महानगरपालिकाले यो सम्मान प्रदान गर्दै आएको छ ।

यस वर्ष २२ देशका विदेशी नागरिकहरुमध्ये नेपालबाट क्षेत्री सम्मानित भएका हुन् । बाग्लुङमा जन्मेर बुटवलमा बसोबास रहेका क्षेत्री १४ वर्षदेखि कोरियामा बस्दै आएका छन् ।

नेपाल कोरिया भलिबल संघका संयोजक तथा युनिक भिजन गुरुपका अध्यक्ष क्षेत्रीले विभिन्न सामाजिक र खेलकुद क्षेत्रमा रही कार्य गर्दै आएका छन् । राष्ट्रिय खेलाडी क्षेत्री तेकवान्दोका प्रशिक्षक हुन् ।

हालसम्म कोरियामा रहेका ७ नेपालीहरुले यो मानार्थ नागरिकता पाएका छन् । यस अघि केपी सिटौला, तेन्जी शेर्पा, राजु क्षेत्री, जुनु गुरुङ, हिम गुरुङ र गम्भीरमान श्रेष्ठले मानार्थ नागरिकता पाइसकेका छन् ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]