Dabali News

मलेसियामा नेपाली मजदुरको मृत्यु

३० कार्तिक

काठमाडौं । दार्चला जिल्ला मालिकार्जुन गाउँपालिका-३ घर भएका ३५ वर्षिय तारासिंह धामीको वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा मृत्यु भएको छ ।

३ वर्षअघि रोजगारीको सिलसिलामा मलेसिया गएका धामी बिहीबार बिहान ४ बजे मृतअवस्था भेटिएको परिवारले जनाएको छ ।

धामी एक होटल नजिकै मृत फेला परेका थिए । मृत्यु के कसरी भयो भन्नेबारे अहिलेसम्म केही खुल्न नसकेको मृतकका काका धरमसिंह धामीले बताएका छन् ।

घर परिवारको एक मात्रै सहारा धामीको मृत्युले परिवारजन शोकाकुल भएका छन् । धामीका ८ र ४ वर्षिय २ छोरा र ३ वर्षिय छोरी छिन् । मृतकको शव नेपाल ल्याउन पहल शुरु गरिएको छ ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]