Dabali News

छायाँनाथ-रारा नगरपालिकालाई मदिरा मुक्त क्षेत्र घोषणा गर्दै

३० कार्तिक

काठमाडौं । जिल्लाको एक मात्र छायाँनाथ-रारा नगरपालिका शनिबारदेखि मदिरा मुक्त क्षेत्र घोषणा हुँदैछ ।

गृहमन्त्री रामबहादुर थापाको प्रमुख आतिथ्यमा नगरलाई मधिरामुक्त घोषणा गर्न लागिएको हो ।

नेपालका २ सय ७६ वटा नगरपालिकामध्ये छायाँनाथ रारा नगरपालिका पहिलो मदिरा मुक्त नगरपालिकाको रुपमा चिनिने भएको छ । हिंसा र विकासको बाधक मधिरा शनिबारदेखि नगरबाट निषेधित हुने नगर प्रमुख हरिजंग शाहीले बताए ।

शनिबार आयोजना हुने मधिरा मुक्त घोषणा कार्यक्रमका निम्ती नगरले भव्य तयारी गरेको छ । नगरका १ देखि १४ वटै वडा तहबाट बाजागाजा र विभिन्न नारासहित आएको र्याली गमगढी बजार आएर महाकाली मा.वि.को चौरमा घोषणा सभा गरिने भएको छ ।

मदिरा मुक्त अभियानमा सुरक्षाकर्मी, प्रशासन, जनप्रतिनिधि, दल, नागरिक समाज, महिला, युवा, होटल व्यावसायी, ब्यापारीहरुको सहयोग रहेको नगरपालिकाले जनाएको छ ।

जिल्लामा सिलबन्दी मदिरा बिक्रीको लागि लाइसेन्स लिएका २६ जना व्यापारी वर्गले लाइन्सेन्स नगरमा बुझाएका छन् ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]