Dabali News

ए प्रकृति

चिया बारिमा नाच्दै गाउने, कति राम्रा चरि,
स्वोर्ग बाट झर्या हुनकि ,यहि लाेकका परि !!
एकै छिन तराइ त , छिनमै हिमाल ,
एकै छिनमा शेर्पा जस्ता, छिनमै धिमाल !!
कति मिठाे भाका पनि , गित उस्तै मिठाे ,
पत्ति टिप्ने हातहरु , चल्छन कति छिटाे !!
इन्द्रा निसा अनि कुन्ता , अप्सराका नाम ,
कांहा बाट डुल्न अायाै, कांहाे तिम्रो धाम !!
कति दिन डुल्छौ भुल्छौ , यश लाेकमा भन ,
फिर्ने दिन कति हाेला , थाहा , छ – छैन गन !!
मायां लाउन अाका हाै कि , यश लाेकमा तिमी ,
अांसु वर्षा गरायर , कुन दिन जान्छौ काेनि !!
हिमालतिर डुल्दा तिम्ले , कस्तो खाना खायाै ,
घर बस्ने , बा-अामा लाई, के के लिइ अायाै !!
अप्सरा झैं हिमाल पहाड , तराइ तिर घुम्छौ ,
इन्द्रलोकका अप्सरा झैं , समुन्द्रमा डुल्छौ !!
कहिले पुग्छौ पारामाटा, कहिले अवन तिर ,
कहिले पुग्छौ जहाज चढि , फेवा माथि भिर !!
कहिले पुग्छौ लुम्बिनिमा, साैराहकाे सयर ,
कहिले खाना स्टार को , कहिले खान्छौ बयर !!
पर्यटनको रुप धरि , पाल्पा रानी महल ,
भालु पहाड स्याङ्जा तिर , कस्तो चहल पहल !!
कहिले उड्छाै जहाज चढि, समुन्द्रको माथि ,
चिने जाने काेहि छन कि , मात्र दुई साथि !!
कहिले पुग्छौ हिम खेल्न , हिम घारि तिर ,
कहिले पुग्ने डेन्डाड्ङ , थ्रिसिसको भिर !!
जिलाेङ्ग अनि बलारट, मेलबर्नको सिटि ,
क्यासिनोमा खेल्न जान्छौ , डलर झिकि झिकि !!
काम पनि अा-अाफ्नै छ , संधै काममा रमाइ ,
सांझ पख घर अाइ, घरकाे काम समाइ !!
घरकाे काम दुबै मिलि , टापटिप पारि ,
सकायर नित्य संधै , अनुसासन भारि !!
स्वोर्ग भन्दा रमाइलाे , अप्सराको देश ,
सुनकेस्रि रानी जस्ता , उस्तै राम्रो भेष !!
हरियालि देखिने त्यो , बन जस्तै शहर ,
जति हेर्यो नअघाउने , नपुगने रहर !!
बाटाे सफा गाडि सफा , रेल अझ सफा ,
गल्ति गरे भेदभाव बिना , लागि हाल्ने दफा !!
जाति छैन धर्म छैन , दाेन्द छैन केही ,
सबै मानव समान छन , मात्र धर्म यहि !!
जब मान्छे बृध हुन्छ , कानुन भन्दा माथि ,
सबै जना छाेरा छाेरि , सबै दुनिया साथि !!
डाक्टरको चाकरी छ , सेवा गर्ने नर्स ,
खर्छ जति सर्कारको , बांचाेस जति बर्स !!
प्रकृतिले ठगेकाे देश , स्वोर्ग बनाएछन ,
पैसा भने कति धेर , उहिल्यै कमायछन !!
गर्न केही बांकि छैन , इन्जिनेरिङ कस्तो ,
छैन भन्ने केही छैन , फालाफाल सस्तो !!
कति कति राम्रा समान , सडक किनारामा ,
ल्याइ राखि जान्छ धनी, छाडि मुफतमा !!
पाकेट मार भाेकै बस्छ , कसैकानि साथ ,
रुपिया पैसा बस्दो रैछ , कार्ड भित्र बास !!
जाहां गयनि जेखायनि , कार्डले गर्ने काम ,
कसाेगरि राख्यो हाेला, कार्ड भित्र दाम !!
कार्ड चाेर्यो भने दाम , खालि भइ भाग्ने ,
चाेरकाे हात खालि हुने, हुन्छ अाफैं माग्ने !!
यति लेखिकन अाज , बिश्रान्तिको चाहाना ,
अरु पनि लेख्न लाई , चाहिने भै बाहाना !!
स्वोर्ग र अप्सराको , सार समक्षेप बतायें ,
मेरा मनमा लगेका केही, खुलदुलि मेटायें !!
 २०७५/ ७/१५ ,काठमाडौ !

 

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]