Dabali News

शान्तिपुरमा प्रभु बैंकको शाखा संचालन

७ माघ

काठमाडौं । प्रभु बैंकले गुल्मीको शान्तिपुर बजारमा शाखा संचालन गरेको छ । चन्द्रकोट गाउँपालिका वडा नं. ३ स्थित शान्तीपुर बजारमाआजदेखि प्रभु बैंक लि. को शान्तीपुर शाखाकार्यालय सञ्चालनमा ल्याएको हो ।

आइतबार चन्द्रकोट गाउँपालिकाकाअध्यक्षश्री द्रोणबहादुर खत्रीज्युले एक समारोहकाविच बैंकको शान्तीपुर शाखा कार्यालयको गरेका थिए ।

हालसम्म कुनैपनि वाणिज्य बैंकको उपस्थिति नरहेको चन्द्रकोट गाउँपालिकाको प्रमुख केन्द्रको रुपमा रहेको शान्तीपुरमा प्रभु बैंक लिमिटेडले पहिलो पटक शाखा कार्यालय सञ्चालनमा ल्याएको हो । आज (अाइतबार) देखि बैंकको कारोबार सुरु भएको छ ।

शान्तिपुर शाखा कार्यालयबाट स्थानीय सर्वसाधारणहरु, फर्म, कम्पनीतथा संघ संस्थाहरुलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विप्रेषण सेवा तथा गुणस्तरीय बैंकिङ्ग सेवा उपलब्ध हुने बैंकले जनाएको छ ।

देशभर शाखा सञ्जाल रहेको प्रभु बैंकको उपस्थितिले समग्र चन्द्रकोट गाउँपालिकाको आर्थिक विकासमा टेवापुग्नेछ भन्ने बैंकले विश्वास लिएको छ ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]