Dabali News

Ad

नेपाली बस्ने अपार्टमेन्टमा आगलागी, पाँच जनाको उद्दार

७ माघ

काठमाडौँ । अमेरिकामा नेपाली बस्दै आएको अपार्टमेन्टमा भीषण आगलागी भएको छ । टेक्ससको ईभिगंस्थित अपार्टमेण्टमा आगलागी भएको हो । दुईओटा अपार्टमेण्टबाट ५ जना नेपाली सकुशल बताइएको छ ।

नेपाली समाज टेक्सस (एनएसटी)का अध्यक्ष सुमन थापाका अनुसार शुक्रवार बिहान वाटररिटड्जस्थित पायोनियर पार्कवेमा भएको उक्त आगलागीमा करिब २० वटा अपार्टमेण्ट ध्वस्त भएका थिए ।

एनएसटी अध्यक्ष थापा लगायतले उक्त अपार्टमेण्टमा पुगेर नेपालीको बारेमा सोधखोज गरेका थिए । हामीले त्यहाँ बस्ने पाँच जना भट्यौं र सोध्दा उहाँहरूको अपार्र्टमेण्ट ध्वस्त भएको रहेछ थापाले भने अरू थप नेपाली प्रभावित भए नभएको जानकारी आएको छैन सायद नभएर होला ।

एनएसटीले आवश्यक सबै सहयोग गर्न तयार रहेको हामीले उहाँहरूलाई प्रस्ताव राख्यौँ थापाले भने उहाँहरूलाई बस्ने समस्या रहेनछ आवश्यक परे भन्छौँ भन्नुभएको छ ।

माथिल्लो तलामा भएका एक नेपाली परिवारको पुरै अपार्टमेण्ट जलेको छ । तर, आगलागीको बेला त्यहाँ भएका नेपाली आफ्ना महत्त्वपूर्ण कागजात लिएर सुरक्षित स्थानमा जान सफल भएका थिए । एउटा अपार्टमेण्टमा बस्नेको बिमा समेत भएको हुदां समस्या नहुने भएको छ ।
उक्त आगलागीमा कोही पनि घाइते भएनन् ।

खाली त्यहाँ बस्ने करिब ४० जना वेघर हुन परेको स्थानीय अधिकारीले जनाएका छन् । अपार्टमेण्ट व्यवस्थापन पक्षबाट पनि समस्या पर्नेलाई सहयोग दिइएको जनाइएको छ । स्थानीय रेडक्रसले पनि अत्यावश्यक समाग्री वितरण गरेको स्थानीय संचारमाध्यमले जनाएका छन् ।

Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]